हिजो जस्तो लाग्छ सुन्य बाट सुरु भएको मेरो जीवन अनि साथमा साहित्यिक यात्रा.कक्षा दुइ वा तिनको नेपाली पाठ अन्तर्गत माहा कबि लक्ष्मी प्रशाद देउकोटाले लेख्नु भएको कृति मुना मदन पड्दा आँखै रसाएथे लाग्थ्यो कसरि उत्पति भए होला काल्पनिक पत्रहरु र उसका हजारू मन छुने बेदनाहरु .आज पनि सोहि प्रस्नले मेरो खुल्दुलीको ढोका ढक ढक्याइ रहन्छ. साहित्यिक दुनियामा प्रलय ल्याउने ठुला साहित्यकार अनि स्रस्टा हरु सम्जीन्छु कैले काहिँ लाग्छ मैले आज सम्झिनै पर्छ मेरो त्यी दिनहरु जुन बेला मैले मेरो सकिन आँटेको कापीको पृष्ट माथि मैले ठुलो आन्याय गरेथे.खोइ कहाँ बाट मलाई त्यो दिन कविता लेख्ने सोच आएथ्यो .......लेखे ...लेख्दै ..गए.....सिके .......सिक्दै छु आज पनि विसेस रुपमा सबिन धिमाल,क्षितिज् तिम्सिना र पूर्ण बन्धन दाई हरुलाई मेरो हृदय देखि बाटै धन्यवाद उहाहरुको मार्गदर्सन बाटै भर्खर म बामे सर्ने अवस्थामा छु यो साहित्यिक यात्रामा .हाँसो उठ्छ मेरा साथी भाई संग कहिले फुलबारीको त कहिले सपनाको बारेमा कविता लेखौ भनि एक एक ओटा कापी र कलम चापी घरको एक एक कोठा पसेको.........."सकिस?"......खै उसले के लेख्यो अत्तो पत्तो नै भएन."मलाई सिकाईदेन यार" छेउ को साथी संग सहयोग माग्दा म उसलाई भन्थे "ओए नो चिट्टिंग" अनि आफै एक्लै हाँस्दै सोच्थे "जहाँ इच्छा त्याहा उपाए" र त म जे लेख्छु आफै लेख्छु जानी नजानी. उ के गर्दै छ खाली एउटै प्रस्न बारम्बार .........किन देख्दिन म उसका रचनाहरु आज भोलि? हाम्ले साटी साटी लेख्ने कलम एउटै थियो तर भावना ?.............कल्पनामा सपनाको कविता लेख्दा लेख्दै मेरो डाईरिका सयौ कविता, गजलहरु उकुस मुकुस भएर बसेको भान भयो मलाई ....आफ्नै माता पिता बाट आफ्नै सन्तानको हत्या गरेको आभास पनि अनि त यो २१सौ सताब्दी संग हातेमालो गरि तपाईहरु माझ आउने कोसिस गरि रहे को छु. सिकारु छु.....भुल हुन्छन .........आखिर हिड्ने मान्छे लाई नै ठेस लाग्छ तेसैले मेरा भुलहरु प्रति छ्यामायाचना माग्दै होस्टे हैसेको अपेछ्या राख्दछु.
दिपक थापा
email: druk.youth2005@gmail.com
OR