मेरो कथा रेडियो गोधुलीबाट
"हालै हल्ला भित्रको हल्ला"

गजल


 गजल 

दुखेको यो दिल मैले पीएर पिडा भुले 

निस्ठुरी झैँ हाँसी हाँसी जिएर पिडा भुले 

टाडा हुदा आफ्नै मुटु टुक्रिएर दुख्दै थियो 

वियोगका त्यी खोटहरु सिएर पिडा भुले 

भुझ्याउनलाई आँसु सुक्यो दिलमा आगो लाग्दा खेरि 

रमाई भिडमाझ एकान्तमा खिएर पिडा भुले 

माया के पलाउथ्यो र भाग बंडा गरे पछि 

रमाइला पल अतिथका लिएर पिडा भुले 

अटुट नाता प्रेमको हाम्रो मुनाहरु सुकी झर्दा 

कलम काटी पराइ हातमा दिएर पिडा भुले 

****************************************************************************



गजल 
सुनसान यो तिमी बिना घर रहेन  पो 
हाँसी खुसी जिउने मेरा रहर रहेन  पो 

संगै एक साथ रमाएका पार्क बजारहरु
खाली  उजाड भाछन शहर रहेन  पो 

चिमोटेरै आफैलाई बिऊझाउने मन हुदा
बिउजीनलाई सपनीझै प्रहर रहेन  पो 

विस्वासको सम्बन्धले एेठन पार्दा आजभोली
रित्याउनलाई दुख पिउने जहर रहेन  पो 

**************************************************************************

गजल
टाएमपासमा जिस्किने खेल हैन माया 
खाली डब्बा रोजी चड्ने रेल हैन माया 

विस्वासको फल मिठो पाके पछि प्रेम 
मौका मिल्दै पोली खाने सेल हैन माया 

ठुलो अंक निस्वार्थको काफी दुई मनमा
परिक्षाको नतिजाझै पास फेल हैन माया 

दुई मुटु बाँधिएर संखालाई तोडे राम्रो
रोजी पास्वर्ड फेर्ने दिनै ईमेल हैन माया 

*****************************************************************************
गजल 

धेरै भयो कसम खाको टार्दिन म अब 
झुटो बोली तिम्लाई रुने पार्दिन म अब

आँखा खुल्यो तिम्रो आँसु बगेको देखी
सत्य बोल्छु कुनै कुरा बार्दिन म अब 

विस्वासको आशा त्यो पोखिन दिन्न
संगालेर राख्छु कतै  झार्दिन म अब 

बेमानीमा नघट्ने तिम्रो सोच चोखो
जोगाई राख्छु हिम्मत हार्दिन म अब

एउटै मुटु तिमी संग जोडिएको मेरो 
थुन्छु त्यही भो अन्त सार्दिन म अब

*****************************************************************

गजल

धिकारेर जिन्दगीलाई रुनु नपरोस
खुसि खोज्दै मन्दिरहरु छुनु नपरोस

प्रतेक पाइलाहरुले हरपल शिखर चुम्दा

अभाबलाई कहिले पनि दुनु नपरोस

दु:ख,पिडा,शोक,सुर्ता सबै दुर हुदा

आँसुले भिज्ने रुमाल धुनु नपरोस

सुभकामना यहि छ मेरो नया वर्षको

अधेरी रात झैँ कहिले हुनु नपरोस

**********************************************************************
गजल
आँसु पुछी तिम्रो यादमा हाँस्नु पर्ने भो
पराइ संग लगन गाँठो गाँस्नु पर्ने भो

तिमी मेरो दिलमा छैनौ कसरि पो भनु
भुल्न याद तिम्रो चिनो माँस्नु पर्ने भो

अथितका पाना भित्र खोज्दा हाम्रो साथलाई
भुल कसको थियो चिनो टाँस्नु पर्ने भो

तिम्रो पिडा वियोगको बिष भन्दा आज
समर्पणमा आफ्नै प्रेम नाँस्नु पर्ने भो
*****************************************************************************************************************

गजल
भो अब तिम्लाई देख्दा राम कसम तर्किन्न म
लहरा झैं तिम्रो सामु राम कसम लर्किन्न म

मेरो प्रितलाई सानो ठुलो जात भन्दै हिंडेपछी

छुत हुन सुन पानीले राम कसम छर्किन्न म

मैले तिम्लाई बिर्सिएर हाम्रो भेट नभएसी

अब उसो तिमीसंग राम कसम झर्किन्न म

माया पाउन फेरी मेरो खुट्टै ढोग्न आएपनि

आँसु पुस्दै तिमीतिर राम कसम फर्किन्न म



****************************************************************************

गजल 
आफ्नै समाजबाट जिउदै मारिएको मान्छे हुँ म 
सास छदा छदै जुठो बारीएको मान्छे हुँ म 

अजात रे मेरो मयालाई खोट देखाई देखाई 

ढोल पिट्दै तल्लो जातमा झारीएको मान्छे हुँ म

इस्ट मित्र जोरी पारी बिरुद्दमा उत्रे पछि
आफ्नै आँगनबाट पर सारीएको मान्छे हुँ म

हिजो आफ्नै लाग्ने त्यी समाजका पेवाहरू
मन्दिरहरूबट अलग पारिएको मान्छे हुँ म

बाइबल, कुरान, गीतामा खोज्दा जातको अर्थ
आनाकानी संगै प्राए टारिएको मान्छे हुँ म



*****************************************************************************


गजल


जन्म भुमि टेकी, हाँसे सपनीमा                                                                       
टुटेको मेरो साथ, गाँसे सपनीमा                                                                       

जाति धर्म हाम्रो,फरक मान्ने संग 

मित्रताको खातिर,नाँचे सपनीमा

सबै जनता रुवाई,मोझ गर्ने हरु
खोजि खोजि सबै,माँसे सपनीमा

दाजु भई मार्ने,तिनका तोब बन्दुक
सहमति भित्रै, भाँचे सपनीमा

नयाँ मेरो देश,सदै हेर्नको लागि
संबिधान को पर्चा,टाँसे सपनीमा


********************************************************************************




गजल
उनि मेरो साथी मात्र भन्दा-भन्दै रोयौ किन ?
नपत्याए सोद नाम गन्दा-गन्दै रोयौ किन ?

संखाले लंका बल्दा तिम्रो चाला उही फेरी
बजारमा सारी पोते छान्दा-छान्दै रोयौ किन ?

हरेक चोटी तिमीलाई बिवाह गर्छु भनेकै हो
लगन गाँठो हाम्ले फेरी बाँन्दा-बाँन्दै रोयौ किन ?

आफ्नो काँन नछामी कागको पछी लाग्यौ अनि
सत्य कुरा सबै तिम्ले जान्दा-जान्दै रोयौ किन ?



*************************************************************************
गजल



विवशतामा एक्लो हुँदा साथ दिने कोहि भएन 
अफ्ठेरोमा पर्दा मैले,  हात दिने कोहि भएन 

बिरक्तिएर बस्नु भन्दा मर्नु जस्तो लाग्न थाल्यो
धोकेबाजलाइ निस्ठुर भइ घात दिने कोहि भएन 

दोष कसलाई दिनु र आफ्नै भाग्य खोटो रैछ 
यो पीडालाई भुलाउने मात दिने कोहि भएन 

मेरो सानो जात भन्दै निष्ठुरी भइ  गएकीले 
"दिपक"लाइ ब्राह्मण भन्दै जात दिने कोहि भएन 



*********************************************************************************************
गजल
टेरेर बस्ने मेरा रहरहरु खै ?
हेरेर बस्ने मेरा रहरहरु खै ? 

हरपल अंगालोमा मायालुलाई
बेरेर बस्ने मेरा रहरहरु खै ? 

मौरीलेझैँ सधै उनीलाई मात्र
घेरेर बस्ने मेरा रहरहरु खै ? 

उनीलाईनै मात्र २४ सै घण्ट
हेरेर बस्ने मेरा रहरहरु खै ? 





**********************************************************************************************
गजल
विश्वास घाती उनको नाम घोके हुन्छ साथी
आउदा-जाँदा एक एक लात ठोके हुन्छ साथी

दोबाटोमा बसी फेरी अर्को जाल रच्नेलाई
जबर्जस्ती उसको पाइला रोके हुन्छ साथी

यौनमा लिप्त हुने उनका रहरहरु सबै
अर्थी कसी सङ्ख फुकी बोके हुन्छ साथी

उम्लिएको कर्तुत उसको पोख्दा समाजमा
ताली संगै बिरोधमा धोके हुन्छ साथी



***************************************************************************
गजल
सियो सम्झी दिलमा राखे फाली रैछिन उनि
दुनियाको माया बोक्ने डाली रैछिन उनि

समुन्द्र झैँ सन्त अनि चोखो माया चाए
औकात उही एउटा फोहोर नाली रैछिन उनि

एउटै फुल उनि मात्र यो दिलमा फुल्ने
रोजी छाडी गोड्ने फुल माली रैछिन उनि

मेरी माया सतिनै हो ढुक्क थियो "दिपक"
योवनका रस बेची खाली रैछिन उनि




*******************************************************************************

गजल
सुनसानका हाम्रा त्यी भेट, बोल्नु पर्थ्यो तिम्ले
माया पाउन पराई चिनो,पोल्नु पर्थ्यो तिम्ले

घर धाए बाऊ-आमाको, मन जित्न तिम्रो
परिचयको गाँठो त्यो,खोल्नु पर्थ्यो तिम्ले

तिमीले नै बाटो काट्दा,टाडा भए म
फाटेको त्यो हाम्रो साथ,जोड्नु पर्थ्यो तिम्ले

ऐले रोइ केहि हुन्न,"दिपक"एक्लो छैन
उही बेला माइती घर,छोड्नु पर्थ्यो तिम्ले



************************************************************************
गजल 
फक्रेको त्यो १६ बर्से जोवन खोसु जस्तो
ओठमा चाहना झल्किने योवन खोसु जस्तो

लुकीछिपी चियाउने गहना ति लाजका
उडाउनलाई पछेउरी त्यो पवन खोसु जस्तो

नसालु हेराई अझ आगो लाग्ने दिलमा
चुम्नलाई लाली ओट सेवन खोसु जस्तो

दुइ चुल्ठी बाटी बस्ता छोटो मिनिस्कर्टमा
अझ सेक्सी देखिने तो रिवन खोसु जस्तो



************************************************************************************

गजल 
दुनियालाई रुवाई हिड्ने त्यो त उनको बानी रैछ 
झुटो कसम खुवाई रम्ने निस्ठुर मनको खानी रैछ 

धन दौलतमा रजाई गर्ने उसको प्रेमको उदेस्य नै
कालिदासको कथा झैँ सबै माझ कहानी रैछ 

एक पटी रोए झैँ गरि अर्को तिर हाँसी हिड्ने
खेतमा झैँ जतै बग्ने उसको दिल त पानी रैछ

उज्यालोमा हात अर्कै अध्यारो को साथ के थाहा
हरेक खाट को बेग्लै रहर उनको रुप सिरानी रैछ


*****************************************************************************
गजल
सेतो भेषमा औसी रातमा आउने को होला
सुस्त चाल एकोरो चियाउने को होला

ढुक ढुकी बढी रहदा रात ढले पछी अझ
एक तमासले विरहका गित गाउने को होला

चिच्याएर उठी हजुर भाग्न खोज्दा झन्
ऐठन पारी सारा शरीर समाउने को होला

बगर माज एक्लो आफु बिहान आँखा खोल्दा
हात समाई क्षितिज् पारी लाने को होला


**********************************************************************************************
गजल
पुतली झैँ रस चुस्न फुलको डाली घुम्छौ किन ?
जुनकिरी झैँ साँजमा रुप बाली घुम्छौ किन ?

जस्कै भाडा फोहोर हुन्छ दुध को बेपार गर्दा अनी
खल्तीमा ढाल को प्याक हाली घुम्छौ किन ?

बुज्या छौ त तिम्ले पनि हतार को काम राम्रो हुन्न
पापी नियेत हजारूको नासो फाली घुम्छौ किन ?

तानातान र भागदौडमा घुम्ने त्यो तिम्रो इजत
तेही इजत ढाकन चोली टाली घुम्छौ किन ?



********************************************************************************

गजल
साझ पख पल्लो घरमा नानी रुदै थ्यो
आमा को मिनिस्कर्ट तानी रुदै थ्यो

बाऊ उसले देख्या छैन थर पाउनका लागि
हजारौ पुरुषको तस्बिर छानी रुदै थ्यो

नाजाएज चिनारी त्यो खोजनै का खातिर
ऐठन पर्ने प्रश्न आमालाई हानी रुदै थ्यो

दुनियालाई बोकी हिड्ने घोडा भन्दा उसले
कर्तुत ढाक्ने आमा को त्यहाँ बानी रुदै थ्यो


*******************************************************************************

गजल
उनलाई दिने मैले मेरो साथै झुटो रे
बिताएका त्यी रंगिन रातै झुटो रे

घरबार त्यागी केवल उनकै लागि गिउदा
सुम्पेको त्यो उनलाई मेरो जातै झुटो रे

चोट लुकाई ताली दिए उनको खुसिमा
सुन्छु मेरा स्वार्थीका हातै झुटो रे

सात जुनिभर अंगालोमा राख्छु भन्दा भन्दै
यो "दिपक"को हरेक पल बातै झुटो रे



*****************************************************************************

गजल
आधारातमै झ्याल बाट,आई नभन्नु ल
बाउले मार्छन जाऊ भन्दा, नाई नभन्नु ल

तिमि केवल मेरै नै हौ, पर्खी बस भन्दा
जाँदिन म घर बिउझे, दाई नभन्नु ल

चोखो प्रेम हाम्रो मैले, बाचाउन खोज्दा
केहि हुन्न साथमा ढाल, ल्याँई नभन्नु ल

आउछौ कि जाँनछौ, भुझ तिमि आफै
फर्की जान्छु घर लुगा, लाई नभन्नु ल


******************************************************************************

गजल
आँगनमा उनको लाश, देख्दा देख्दै रोए
मलामीको भिडलाई ,छेक्दा छेक्दै रोए

अर्थी उनको बन्दै थियो, आँखै अगाडी
कफन माथि I LOVE YOU,लेख्दा लेख्दै रोए

बाचा हाम्रो उनि संगै, मर्न पाउ म आझ
बेहोसीमा घुमी चिता,टेक्दा टेक्दै रोए

मेरी माया खोइ लौन, गइन कहाँ उनि
फर्काई ल्याईदेउ खरानी, च्याप्दा च्याप्दै रोए


*****************************************************************************
गजल
हाट बजारमा सस्तो योवन किन्नै पाइन
छान्दा छान्दै सकिए राम्रा चिन्नै पाइन

हेर्थी होला त्यो मलाई कोहि नआउदामा
ग्राकको हाँसो तिनको मन खिन्नै पाइन

एक्लै भेट्ने आसली गए आधा रातमा
खुल्ला ढोका भिड माझ भिन्नै पाइन

तानी ल्याउन सबको सामु गए त्यो दिन
उम्काए छ अर्कैले पो उछिन्नै पाइन

एड्स लागि मरी अरे सुन्दा छक्क परे
जोगी बन्न सिरी तिलक पिन्नै पाइन



**********************************************************************

गजल
आडम्बरको खोल ओडी बाँच किन भन्थे
आँगन टेडो भन्थ्यौ भने नाँच किन भन्थे

झुटो माया गर्थेयौ थाहा छ सबको आगाडी
हाँस्दै घाँटी रेट्दा छुरी भाँच किन भन्थे

मन मरी खुसिहरु बग्ने छोडी सक्दा
जुठो मेरो प्रेमलाई हजुर साँच किन भन्थे

पराइले दिदा तिम्लाई चोट गनी गनी
साँचो प्रेम र धनको मूल्य जाँच किन भन्थे









**************************************************************************

गजल
धेरै दिन पछि मलाई सर्न मन लग्यो
आफ्नो दुख रित्याउन मर्न मन लग्यो

रितियो सास,आस अनि बच्ने इच्छा
एक बार त बैतर्नी तर्न मन लग्यो

बिष खादामा पिडा होला झुन्नीन जाति
एक चोटी त कोसिस मलाई गर्न मन लाग्यो

खोला तिर बच्छु होला पहाड हरु खोजी
ज पर्ला पर्ला बोरु झर्न मन लग्यो


*******************************************************************************
गजल
दोबाटोमा हाम्रो साथ, छुट्दा हरायौ
एउटै ओछ्यान आधारतमा, उठ्दा हरायौ

तिथिमा नै अल्झिएर, बस्यो हाम्रो नाता
तिम्रो मेरो परिवार, जुट्दा हरायौ

माईमेलिमा तिम्लाई देख्ता, आसा लग्यो मात्र
पिछे बाट उसले मलाई, कुट्दा हरायौ

हाँसी हाँसी मेरै सामु पराई बन्यौ तेही
उसले मेरो सिदुर पोते,लुट्दा हरायौ


*******************************************************************************
गजल
बाचा गर तिमि मलाई पोल्दा नरुनु है
तिम्रो चुरा सिदुर पोते खोल्दा नरुनु है

छिमेकिले तिम्लाई भुल्याउन खोज्दा
घरि घरि मेरो नाम बोल्दा नरुनु है

सधै तिम्ले मलाई भुल्न खोज्नु अनि
बर्खान्तमा पिठो घोल्दा नरुनु है

टोकसी रहलान तिम्लाई आफन्तले
"दिपक" खाने तिम्रो नाम मोल्दा नरुनु है



*****************************************************************************
गजल
शान्तिको पाइला अब रोक्लन बुद्धले
वाक्क भै हातमा बन्दुक बोक्लन बुद्धले

देश खानी धमिरा सखाप पर्छु भन्दै
रातो लिस्टको लामो नाम घोक्लन बुद्धले

सत्यको जित हुन्छ शक्ति देउ भनि
मन्दिरको घन्टी अब ठोक्लन बुद्धले

प्राण छउन्जेल लड्ने अरे देशघाती संग
धावा बोल्दै ग्रिनेट अब टोक्लान बुद्धले

साँडे मरे पछि पो त बाछा किच्ने छैनन्
शान्तिको देश फेरी खोक्लन बुद्ध



***************************************************************************
गजल
सुनसानमा पनि मलाई उनको याद आउन छाड्यो
झुकिएरनि यी ओठले त्यहि नाम गाउन छाड्यो

मन भुलाउने उनको फोटो,चिठी डडी खाग भएसी'
खुशी के था यो पागल लाई मोठ,मन्दिर धाउन छाड्यो

फुलको डाली रित्ते पछि थाहा पहुने म मुर्ख अनि
काँडा हटाई उनको पाउमा फुल अब लाउन छाड्यो

साटियो होला धेरै चिनो मायाका लहर संगै
तर्साउछ अचेल त्येसले यो "दिपकले" लाउन छाड्यो



**************************************************************************
गजल
कसैको पासमा तिम्रो तस्बिर देख्ता जल्यो यो मन
एक प्रश्नको सयौ उतर पाउदा पाउदै गल्यो यो मन

कस्तो लग्यो मेरो गिर्ल फ्रेन्ड उसले मलाई सोधी राथ्यो
आफ्नै लासको चितामाथी तेही पल बल्यो यो मन

साँचो माया उस्को रे अरु खै के भन्दै थियो
चौतारीको बुढो बरझैँ सत्य थाम्ने ढल्यो यो मन

संगै जिउने अनि मर्ने हाम्रो साथको त्यो बाचा
उसले रोमान्स गरे भन्दा सुनामीझैँ चल्यो यो मन



**********************************************************************************

गजल
उनको बानि जान्दा जान्दै हात मैले दिनु अरे
आजन्म भर नछुटिने साथ मैले दिनु अरे

नदेखेझैँ गरे पनि झयाम्मै आइ गाजी रुन्छे
एकान्तमा भेट गर्न बात मैले दिनु अरे

खबर,चिठी उस्तै कुरो मेरै भै छाडछु भन्छे
उसको मात्र भैरहन जात मैले दिनु अरे

हरेक दिन नया ठाउमा केटा रोजी हिन्नेलाई
बिषालु उ जान्दा जान्दै रात मैले दिनु अरे



*********************************************************************************
गजल
हरपल मेरै साथ हुने मेरी आमानै हुन्
दुख पर्दा मेरै छेउमा रुने मेरी आमानै हुन्

हासि-हासी सदा-सदा मेरैलागी ब्रत लिदै
मेरा पापका घडाहरु धुने मेरी आमानै हुन

जिवनभरी मेरो छोरो सुखी रहोस भन्दै
समस्याका गाठाहरु फुने मेरी आमानै हुन्

आपत बिपत नपरोस दिपकलाई कैले भन्दै
गिता,बाइबल,कुरानहरु छुने मेरी आमा नै हुन



******************************************************************************

गजल
मलाई छोडी सुटुक्कै अन्त माया सार्यौ किन ?
मिलन पथको यात्रा माझ ब्रेक लेट्टरले बार्यौ किन?

अंगालो मलाई मारी अर्कै संग हासथ्यौ तिम्मी
मैले पाएको साथ झुटो साचो माया मार्यौ किन ?

देउरालीको हाम्रो कसम साएद उसले किन्यो होला
रात बिताएर मेरो कसम मुल्यहीन पार्यौ किन?

न भेट्न खोजे को हैन मैले एकान्तमा
हरेक पटक नया बहाना बनाई मलाई टार्यौ किन ?



***************************************************************************

गजल 
फुलझैँ ओइली झर्दा नरुनु तिमी
एक्लै साँगु तर्दा नरुनु तिमी

तिम्रो खुसि हेरुकि मेरो पिडा हेर्छौ
करले अन्तै सर्दा नरुनु तिमी

मेरो माया लत्याएर पराइको भयौ
बिन्ति गर्छु मर्दा नरुनु तिमी

हाम्रा त्यी रमिला पलहरु बिर्सीएर
नाचिने झैँ गर्दा नरुनु तिमी 

*********************************************************************************


गजल


थाहै नपाई दिलमा उनि पसेर गईन 
पाउना झैँ एक दुइ दिन बसेर गईन 

समाजमा चर्चा मैले गर्छु पक्कै भनि 
चेतावानी दिदै मेरो घाँटी कसेर गईन

ढुंगाकै मन अनि त्यो रुप बनावोटी
सर्पले झैँ झम्टी झम्टी ढसेर गईन

झुप्रो मेरो कबाडी रे महल भेटे पछी
निहु खोज्दै दारा हजुर किटेर गईन

************************************************************************
गजल
रुदा रुदै घाँटी सुक्दा बोल्न गाह्रो भो 
गुम्सिएका भित्रि कुरा खोल्न गाह्रो भो 

जानी जानी निस्ठुरीको जालमा फसे पछी 
फाटेको यो मनलाई फेरी टाल्न गाह्रो भो 

रित्याउनलाई चोटहरु पिउदैछु म तर 
त्यहि तस्बिर मनबाट फाल्न गाह्रो भो 

घाइते भयो मनमुटु चोट लागे पछी 
बल्जीएको घाउमा मलम दल्न गाह्रो भो 

No comments:

Post a Comment

Copyright © 2011-2015 दिपक थापा लेखकमा आधारित .

मेरो शब्द रहेको गित

Facebook Badge

  ©मेरो सिर्जना - Todos os direitos reservados.

Template by Dicas Blogger | Topo