मेरो कथा रेडियो गोधुलीबाट
"हालै हल्ला भित्रको हल्ला"

गित


रमाईलो चाड खुसी मनाउ
दुई दिनको जिवन हाँस्तै बिताउ
आउ झुमौ मेलैमा
चाडबाडको बेलैमा
मादल ठोकी
देउसी गाँउदै
लौ नाचौ खुले
ररिस राग भुलेर

लिङ्गे पिङमा रमाउदै झुल्दा
मखमली आँगनभरी फुल्दा
रातो टिका जमरा राख्दै
मान्यजनको आशिस थाप्दै
मादल ठोकी देउसी गाँउदै
लौ नाचौ खुले
ररिस राग भुलेर

देउसी भैलो मिलेर गाउदा
साथी संगी मितेरी लाउदा
दुबो माला सगुनको ठेकी
ओखर पुजा तेलको रेखी
मादल ठोकी देउसी गाँउदै
लौ नाचौ खुलेर
रिस राग भुलेर

this song is out on youtube

____________________________________

धेरै याद आउछ मलाई गए देखी तिमी
पराईको अंगालोमा भए देखी तिमी

गरीएका बाचा सबै सँचोझै लाग्थ्यो
तिम्रो साथ जुनिभरलाई खाँचोझै लाग्थ्यो
संगै जिउने मर्ने बाचा पलभरमै टुट्दा
जोगाई राख्या चोखो माया सिसाझै फुट्दा

तिम्रो नाटक प्रेमको पात्र पर्न सकिनछु
स्वार्थी दिल संपतीले भर्न सकिनछु
तिम्रो खुसी नबुज्नु मेरै भुल हुदा
पराई हातको काँडा तिम्लाई फुल हुदा

composition done 

______________________________________

गित *दिपक थापा*
एक चोटि त म सँग बोली हेर प्रिए
गुम्सीएका मनका कुरा खोली हेर

तिम्रो दु:ख मेरो पेवा ठानी सके मैले
तिमी मेरो जीवन् साथी छानी सके मैले
भो अब आनकानी नगर है धेरै
सयौ जुनी सम्म तिमी मात्र हौ मेरै


अंगालोमा तिमीलाई बेरी रहू झैँ  लाग्छ
एकान्तमा तिम्रो तस्बिर हेरी रहु झैँ लाग्छ
छाँया बनि तिम्रो समू घुमी रहन पाउ
सधै भरि तिम्रो साथमा रम्न पाउ 


composition done 
___________________________

घाउ बनी तिम्रो माया बल्जिएर दुख्छ 
कलेजीमाझ कता कता अल्झिएर दुख्छ 

एउटा भाको मुटु पनि तिमीलेनै लग्यौ 
अड्किरहे किनारमा तिमी एक्लै बग्यौ
साथ टुटी हात छुट्दा सम्झनाभै बस्यौ 
चुडिएको चंगाझैँ खै कता खस्यौ खस्यौ 

छल्किएको आँशु छोपी रुन सकिन म 
सयौ जुनी तिम्रै  भन्थ्यौ  हुन् सकिन म
निस्ठुर मन स्वार्थी आँसु चुवाएर गयौ 
हास्तै आफु यो मन सदा रुवाएर गयौ 

composition done 
____________________________


धेरै याद आउछ मलाई गए देखी तिमी
पराईको अंगालोमा भए देखी तिमी

गरीएका बाचा सबै सँचोनै  लाग्थ्यो
त्यो साथ जुनिभरलाई खाँचोनै लाग्थ्यो
संगै जिउने मर्ने बाचा पलभरमै टुट्यो
जोगाई राख्या चोखो माया सिसाझै फुट्यो

तिम्रो नाटक प्रेमको पात्र पर्न सकिनछु
स्वार्थी दिल संपतीले भर्न सकिनछु
डोली चडी मेरै अघी हाँसी हाँसी गयौ
सयौ जुनी मेरै भन्थ्यौ आज पराई भयौ

composition done 

____________________________________


संखा गर्ने बानि छोड अरु संग बोल्दा
साथी-भाइ भेटघाटमा सुखदुख खोल्दा

अन्जान गल्ति कहिले पो लुकाएर मैले
कलहको बिउ छर्दै हिडि रा छौ ऐले
जान्दा जान्दै कुरौटे छ समाजयो पापी
फुक्छन कान जलनमा नहिड है थापी


तिम्रै नाम मन मुटुमा खाली ठाउँ छैन
रोजी हिड्ने फुल राम्रो भमरा म हैन
मुर्ति बन्छ ढुंगा पनि पुजी हेर अब
सम्झाइ मन सबै कुरा बुजी हेर अब

composition done 



No comments:

Post a Comment

Copyright © 2011-2015 दिपक थापा लेखकमा आधारित .

मेरो शब्द रहेको गित

Facebook Badge

  ©मेरो सिर्जना - Todos os direitos reservados.

Template by Dicas Blogger | Topo