मेरो कथा रेडियो गोधुलीबाट
"हालै हल्ला भित्रको हल्ला"

कथा





***************************************************************************

सत्य कथा "त्यो दिन" लेखक :(दिपक थापा)


"ओई पर सर" उसको रुखो बोलि सुनी सके पछी मनमनै सरापे उसलाई अनि अलिकति चट्पटाए पनि.

छड्के आँखा लगाएर उसले मेरो बारेमा के सोच्यो दैबनै जानुन.

गाडीनै फुट्ने गरि टन्न भरिएका यात्री माझ गुम्सिएको आभास हुदा म हुटमा चडेथे जहाँ म चिसोपनको महसुस गरि रहेथे त्यो बेला सम्म.

रिसले कन्पारो ताती सकेको थियो सोच्थे गाडी कुनबेला रोकिन्छ र उसको आँखाबाट ओजेल परु.

सामिप्य बाट आवाज आयो मलिन स्वरमा "भई ठिक छौ"? तातिसकेको दिमाग हलुङ्गो भएर आयो अनि प्रतिउतरको लागि मुख खोले" हजुर ठिकै छु".

हेर्दा भलादमी लाग्ने त्यो व्यक्ति मेरो लागि एक्लोपनको छहारी बन्यो त्यो बेला.

अनि हाम्रा गफ्फ अगी बढे यसरि..."भईको नाम "? "दिपक " मेरो लघु उतर नसकिदै उसले फेरी थप्यो "कहाँ बस्नु हुन्छ नि"? म निक्कै बेर मौन रहे के भनु के नभनु आफ्नो जन्म भुमि त्यागेर आएको एक सरणार्थी भनु त या कुनै असत्यको पहाड लडाऊ उ माथि जुन म बिगत १८ वर्ष देखि सिक्दै र सिको गर्दै आई रहेकोछु.

एक अर्काको आँखा जुद्दा मात्र झस्के म अनि बोले टाउको कन्याउदै" दाई म गोलधाप क्याम्पमा बस्छु".

"यो कुरामा कुन्नै अफ्ट्यारो मान्नु पर्दैननी आखिर तिमि हामी पनि उस्तै मान्छे न हौ" उसको एउटै वाक्यले मेरो रोकिन आँट्या ढुकढुकी फेरी सुचारु रुपले चली रहयो निसंकोच.

निक्कै लामो हाम्रो भालाकुसारी संगै हाम्रो यात्रा पनि अगी बडी रहेथ्यो एकासी उ बोल्यो "भाइ मेरो गन्तब्य आयो" "ल ल दाई " भन्दै उसको हातको इसारालाई साथ दिदा लग्यो उ मेरो आफ्नै निकटको मान्छे झैँ.

आफ्नो मन थामेर टाउको गुमाए आगिल्तिर अनि पल्यक पुलुक हेरे बुख्याचा झैँ त्यो पहिलो व्यक्ति मलाई नै ट्वाल्ल हेरी रहे को थियो मन मनै हाँसे गफको सुरमा को कहाँ ओर्लियो याद कसरि होस्.

एकै छिन्को हेरा हेर पछि मलाई खिस्स हाँस्दिन मन लग्यो उसको त्यो डरलाग्दो रुप देखेर.

साएद एक्लो पनको महसुस उसलाई हुदोहो अनि त उ बोल्यो कौतहालताका साथ "भई तिमी सरणार्थी अरे"? पक्कै पनि उसले हाम्रो गफलाई अघिनै देखि सुनीरहेको रहेछ क्यारे.

म उ संग बोलिन किनकी उसको त्यो रुखो स्वभाव मेरो दिलमा काँडाले झैँ अगी देखि घोची रहेथ्यो.

फेरी उ बोल्यो"भई अनि तिमी तेस्रो देश पुनर्बास नहुने"? अनि बल्ल मौका परेर मैले उतार दिए"जादै छु चाडै सायद यो मैनामा".

मेरो जवाफमा म भन्दा धेरै खुशी उसलाई देखे अनि उ मुसुक्क हाँस्दै बोल्यो"कुन देश जादै हुनुहुन्छ भई "? "अमेरिका" मैले जवाफ दिदा दिदै सोच्न बद्द्य भए आखिर एकासी किन उसले मलाई अब तपाई भनेर सम्बोधन गर्दै छ?.

उ फेरी मुस्कुरायो अनि बोल्यो "तपाई कहाँ उत्रिनु हुन्छ"? मैले भने" पक्कै यो मेरो अन्तिम भ्रमण हो जहाँ मन लाग्छ ....म्म्म्मम अब हेरु" मैले कुरा घुमौदै सोचे मान्छे को मनमा को पस्न सक्छ र ?

उसको घरमा एकरात काटिदिन आनुरोद गर्दै थियो उ म भने नतमस्तक भई लामो सोच्मा डुब्दै आफुले आफैले सोध्न बाध्य भए के उसले हरेक बटुवाहरुलाई गर्ने आग्रह एउटै हो त? हो भने आखिर किन ???

उसको लिडे ढिप्पी अगाडी मेरो केहि लागेन एउटा सर्थ बनाए मैले "म उसको घर जान्छु तर बास भने बस्दिन" त्यो पनि लामो एउटा छलफल पस्चात.

धरानको बाक्लो भिडलाई छेड्दै हामी चडेको रिक्सा अज्ञात ठाउँ तिर मोडिदै थियो मेरा लागि उ भने त्यो प्रचण्ड गर्मिमा पनि पान छपाईनै रहेथ्यो लाग्थ्यो उसको त्यो लत नै हो.

"मेरो घर आउन लग्यो" प्याच पान थुक्दै उ बोल्यो हुनसक्छ मेरो त्रसित अनुहार उसले पडेछ क्यार.

अझ अचम्म म त्यति बेला भए जब उसले रिक्सा बाटै घरमा फोन गरेर " भात पकाई राख्नु म मासु लिएर आउदै छु"भन्दा.

" पर्दिन के को दुख"?मेरो भनाइलाई वास्तै नगरी उसले सुनेको नसुने झैँ गरि एक कानले सुनी अर्को कानले उडाइदियो.हजारू प्रस्न मेरा मनमा उकुसमुकुस भई रहदा उ बोल्यो" ए साँची तपाई जानुहुने स्टेट को नाम के रे"?

मैले भने "भर्जिनिया ....किन र"? उसले हाँस्तै "भन्यो भरे गफ गरुलानी है यसको बारेमा" मैले टाउको मात्र हलाई दिए सहमतिमा.

खाना पिना भै सके पछि गफ गाफ को क्रममा उ बोल्यो"के तपाई साँचै उड्नुहुने नै भयो त"? " हजुर सत्य हो किन कि मेरो सब्बै प्रक्रिया सकेर उड्ने दिनको प्रतिक्ष्यमा छु" उतर मेरो मुखबाट झर्न नपाउदै उ बसेको ठाउँ देखि जुरुक्क उठ्यो अनि मेरो कानै छेउमा आएर साउती मार्यो " के तपाइले मलाई तान्न मिल्छ"?. बल्ल थाहा भयो उसको बोलि किन "त" बाट "हजुर"मा सरेको रहेछ.

त्यो दिन मैले जीवनमा ठुलो पाठ सिके कि मान्छे स्वार्थको लागि के सम्म गर्न सक्दो रहेछ. अनि उसले म बाटो लाग्ने बेलामा भन्यो "माइन्ड नगर्नु होस् है मित्र हामीले तपाईहरुलाई सरणार्थी भनेर हेप्यौ तर आजको

१०-१२ वर्ष पछि त तपाइले हामीहरुलाई तपाइको घरको बाटो हिड्दा चै नलखेट्नु होला है बिन्ति"!!! आज पनि म त्यो दिन र त्यो अज्ञात व्यतीलाई बारम्बार संजी रहन्छु. केवल मेरो मानसपटलमा एउटै सोच घुमी रहेछ के

भएको होला त्यो दिन?????




________________________________________________________________________________




सत्यकथा "बाध्यता" दिपक थापा


झ्याउकिरिहरु आफ्नै धुनमा किरिरिरी .........कराई रहेथे. बेला बेला सितको थोपा छानाबाट तप्किता कता कता डरले मनको धोका ढकढक्याको आभास हुन्थ्यो.


कुकुरको भुकाई सुन्दा मात्र मेरा सहपाठीहरु ओल्टे कोल्टे फर्किन्थे निन्द्रामै तर म चै जाग्राम बसे रात भर एक एक छिन्मा घडी हेरी हेरी.


पलपलको प्रतिक्षा बल्ल वारीपारी गाउका कुकुरहरुको आवाज सुन्दा मान्छेको चहल पहल बढे झैँ लाग्यो अनि विस्तार बाट उठी लागे बाथरुम तर्फ.


खै किन हो मेरो आँखा झुल्केमा पर्न साथ मन चंगा झैँ प्रफुल्ल भएर आकासमा उडीरहयो एकै छिन. प्रत्येक मिनट र घन्टको हिसाबमा औला भाँची भाँची रात बित्ताको अनुभव पहिलो हो मेरो त्यो भन्दा पहिला मैले कहिले घर छोडी रात बिताएको थिइन् .


गाडी स्टेन्ड पुगेर आफ्नो सिट पक्कापक्की गर्दा मात्रै विश्वास भयो कि म घर जादैछु भन्ने.


कलिम्पोंग एउटा स्यानो शहर तर निक्कैनै मनोहर अझ बन्नु पर्दा प्राकृतिक बनोटको एउटा कला त्यो ठाउमा झल्किन्छ.


हाटबजारलाई उछिनेर गाडी ८ माएलको बाटो लाग्दै थियो मेरा साथीहरुचै फिल्महलको पोस्टर हेरी गफ गरि रहेथे एउटा भन्थ्यो" थुक्क यो फिल्म पनी आजै लग्नु परेको" अनि अर्को साथीले पनी मन खिन्न पार्दै बोल्यो"भोलि चै जानु पर्ने रहेछ है हामी घर" मैले उनि हरुको कुरा सुने नसुने झैँ गरि सोचे "उनि हरुलाई घर पुग्नु भन्दा फिल्मकै बडी चिन्ता छ".


सफल यात्राको कामनाको लागि मैले एकछिन भगवानलाई प्रार्थना गरे अनि पुकारेपनी दैब्लाई प्रबु"लिखे भिरमा पैरो गएको नहोस अनि खिन्न मन लिएर फर्किनु नपरोस हामीहरु".


उकलि ओराली बाटो भित्र हजारौ गुम्तीहरु संग बिदा माग्दै मज्जा लुटी रहेथे त्यो टिस्टा खोला भएर भाग्ने चिसो हावाको.


बाघपुलको सुन्दर बनावट भित्र हराएको मेरो मन र म कुनबेला निदाएछु पत्तै भएन.


निधारबाट अविरल झरेका पसिना आँखामै टप्किदा झसङ्ग भए.


आफु चडेको गाडी घररररररर................गरि रहेको पाए अनि यताउता नजर डुलाए सबै आफ्नै धुनमा मस्त थिए सायद त्यो इंडिया मा पर्ने सिलिगुडीको सहरको एउटा कुनाको पाटो दार्जेलिंग मोटमा बिसाइएको थियो त्यो गाडी.


"ए काँक्रा...काँक्रा" मेरो ध्यान उ तर्फ लम्कियो अनि म बोले "ए भैया एक चाना को कति"? उसको उतर सुन्नै नपाई अर्को बोल्यो" ओ भाई लिने हो बम्बाई आँप"?.थुक्क....मेरो भाग्य आफुले आफुलाई धीकारे अनि आफ्नो रुमाल गोजीबाट झिकी पसिना पुछे.प्राए जसो मान्छेहरु हतारमै देखिन्थे अझ कोही त उभिएरनै यात्रा गरि रहेथे त्यो प्रचण्ड गर्मिमा पनि . मान्छेको कल्यंग कुलुंग अनि बच्चाहरुको रोदन संगै घरि घरि खलासीको "आउनुहोस नन स्टप पानीट्यांकी..... पानीट्यांकी" जस्ता सब्दभित्र हराई रहेको थिए म अनि काक्रा वाला भैया लाई खोज्दा खोज्दै मेरो छेवैमा कोहि बोल्यो " भाई सिट खाली हो"? मैले उसलाई जवाफ दिन अनिबार्य ठानिन केवल सम्जी रहे त्यो प्यास मेट्ने काक्राको स्वाद.


निन्द्रानै प्यारो लग्यो न लागोस पनि कसरि ६ महिना पछाडी घर जाने खुसिमा आँखा झिमिक्कै गरेको थिइन रातभर जसो अनि आङ तान्न खोज्दै थिए एकासी अटसमटस भएर आयो म बसेको सिट छक्क परे एक अन्जन व्यक्ति आफ्नो सामिप्य पाउदा.


मेरो छेवैको साथीले मेरो तिग्रमा चिमोटी गलल्ल हाँस्दा समेत उ केहि बोले न र त मलाई लग्यो पक्कै पनि त्यो नपत्याउदो व्यक्ति सहनसिलनै हुनु पर्छ नत्र त आफ्नो खिसीमा को पो चूपो लागेर बस्छ सक्छ र ?.


टुक्रे अंग्रेजी अनि नेपाली मिसाए मेरा साथीहरुले प्रतेक गितका हरपहरुमा हुन् सक्छ फुइ लगाउदै थिए उसलाई तर अचम्म उ मुसुक्क हाँस्यो अनि एक छिन् कल्म्पनामा डुबे म कतै उसको दिमाग अंग्रेजी शब्दहरुले भरिएको छैन? त्यतिकैमा उसले घोसे मुन्टोलगाए पछी मात्र मैले सोचे उ एक्लो छ सायद अफ्ठ्यारो भयो होला हामी उटाङ्गी ठिटा सामु.


लामो बसाई पछी हुइकेको गाडी द्रुत गतिमा कुदी रहेको थियो अरु संग तछाड र मछाड गर्दे म भने त्यो अपरिचित व्यक्तिलाई कोर्से आँखा परि नियाली रहेको थिए सोच्थे उ को होला ?.


सन्नाटा छाएको बेला खलासीलाई दिनुपर्ने भाडा नमिल्दा भनौ या खुजुरा न मिल्दा उसले मलाई ट्वाल्ल परेर हेर्यो मानौ उसको आँखा बोली रहेथ्यो म संग "खुजुरा पाउन.............".


मानवताको नाँता भित्र रहेर सहयोग गरे मैले अनि बल्ल उ बोल्यो "थ्यांक्स" पहिलो बोलि त्यहि पनि अंग्रेजीमा.


"भै हाल्छनी" मेरो आफ्नै सैलीमा प्रतिउतार फर्काए मैले अनि सोचे अब भने मेरा साथीभाईको बाह्र बज्ने भो.


पल्लो छेउको साथीले उसलाई सोध्यो "भैया घर कहाँ छ? लामो खुइ तान्यो अनि पसिना पुस्तै भोल्यो उ "म नेपाली दमकमा छ मेरो घर".


उसको कुरा सुनीसकेपछी मलाई त्यहाँ बस्न मन लागेन केवल यति मात्र सोचे उसले मेरो चै घर सोध्यो भने के भने ? फेरी मलाई ढाँट्न पनि त आउदैन.


दर्सकझैँ उनिहरुको गफ सुनीरहे टाडैबाट अंग्रेजी सब्दलाई मेरा साथीहरुले जानी न जानी आफ्नै पाराले होस्टे हैसे गरि ठेली रहे निक्कै बेर र त बेला बेला उ हाँस्दै सोध्थ्यो "भाईहरु कहाँ पढ्छौ"?


मलाई पुलुक्क हेर्यो एउटा साथीले अनि एउटा आँखा झिम्क्याउदै भोल्यो उ "कलकता". "स्कुलको नाम "? उसले सोधी हाल्यो फेरी. .........."सेन जोर्स" ढिलो गरि पाएको प्रतिउतर बुज्नेभो उसले म गाडीको झ्याल तर्फ फर्केर हाँस्तै थिए भने अर्को साथीले मलाई हातको इसाराले चुपलाग भन्दै बेला बेला साथीको गफ्मा हो मा हो पनि मिलाउदै थियो पनि.थाहै नपाई उत्रिने ठाउँ पनि आइ पुगे छ. लाग्छ गाडीबाट ओर्लिदा सायद रातको ९:३० भएको हुनुपर्छ किन कि त्यो भारत र नेपालको नाका पानीट्यांकी ब्यस्त हुने गर्छ प्राए जसो र त सुनसान ठाउमा आफ्नो खुसीमा भाडा अतिनै बडाउदै बोल्यो रिक्सावाल" भारु ८० गरेर दिनुस एउटा रिक्साको मिल्यो भने म आर्को पनी बोलाई लिन्छु" अलपत्र पर्ने डरले हामीहरु मन्जुर भयौ उसले मागे जति भाडा दिनको लागि.


एक छिनको खास्खास्खुसखुस पछी दुइ जना मेरा साथीहरु एउटा रिक्सामा चडे अनि म फेरी त्यो व्यक्ति संग यात्रा गर्नु पर्ने स्थिति आइ पर्दा बुजी हाले आफ्नै साथीहरुको खेल.


रिक्सा अगी बढ्यो सुसेली मार्दै रिख्सावाला बीच बीचमा सोध्थ्यो "कता गएर आउनु भएको हजुहरु"म बोलिन अनि बोल्न पनी चाहिन बस मनमनै भगवान संग प्रार्थना गर्दै थिए प्रबु उसले मेरो घर चै नासोदोस किनकि मैले उसलाई ढाट्नु पर्छ नचाहदा नचाहदै.


म उसलाई सहजै भन्न सक्दिन थिए म एउटा भुटानी रिफुजी केटो त्यसमा पनी मेरो आफ्नै भोगाई छन् पीडादायक अझ भन्नु पर्छ भने त्यो व्यक्ति म संग रिक्सामा चाड्न पनी मान्ने थिएन होला सायत मेरा हर भोगाईनै यस्तै छन् कृपया काल्पनिक होइन म.


मेची पुलको छेवैमा भारतीय सैनिकले २४ सै घण्ट खटिएर प्रतेक व्यक्तिको सर-समान चेक जाँच गर्ने ठाउमा आफुलाई पाउदा पो रिख्साबाट ओर्लिएर दउडौ जस्तो लग्यो तर मन लाई बाँधेर बसे.


"म स्टुडेन्ट" मेरो कलिम्पोंग कलेजको आइ.डी कार्ड देखे पछी मेरो ब्याग नहेरी छोडिदियो मलाई भारतीय सेनाले बस स्टुडेन्ट हुनुको फाइदा त्यति एउटा हो लाम लागेर आफ्नो झोली झ्याम्टा चेक चै गराउनु न पर्ने.


म संग बसेको व्यक्तिले मलाई निक्कै बेर हेर्दैखेरि मेरो सातो उडी सकेको थियो सोचे पक्कै उसले मलाई अब धिकार्छ होलानै.उ बोल्यो "भाई मेरो घर बेलडाँगी हो अनि तिम्रो नि सत्य भन है".


रंग उडी सकेको अनुहारमा कृतिम हाँसो छोड्दै भने" मेरो गोलधाप हो तर तपाइले मलाई सोध्नु पनी त भएको थिएन नी" " "छट्टु" उसको सब्दले मलाई नतमस्तक बनाईदियो अनि मैले भने " दाई के गर्ने मन नमानी नमानी पनी आफुले आगुलाई नै ढाटेर बाच्नै पर्या छ यो हजारू स्वार्थीहरुको भिड माझ" .मेरो कुरा सुनी सके पछी पो मलाई उसले भन्यो" भाई एक दम ठिक कुरा गर्नुभो मेरो नाम रोहण हो म लिटिल फ्लावर स्कुलमा पडाउछु ..........लामो खुइ तानी सके पछी अगी बढ्यो उ फेरी आफ्नो आफ्नो कर्म रैछ र त आज यो दिन देख्नु पर्यो; खैर तिम्रो नाम ?" "म दिपक " मेरो उतार संगै मैले रोहण दाईलाई सोधे "तपाई रिफुजी भनेर त्यो स्कुलमा कसैलाई पनी थाहा छैन"? दाईले भन्नु भयो "भाई यदि झुकिएर पनी त्यो सब्द त्यहाँ निक्लियो भने मेरो जागिर चट् हुन्छ"अनि मैले फेरी सोधे "अनि कसैले चाल पायो भनेनी?"


निक्कै बेर सोचेर हाँस्दै बोलु भयो दाई "ढाँट्नु पर्ला त्यो झुट हो भनेर भनेर हाहाहा ....." .


रोहण दाइको त्यो कुरा पछी म झन् चिन्तित बने.....निक्कै बेर. सोचतथे "आखिर जीवन जोगाउन आफ्नै भाषाको खोजमा ओत लाग्दा पनी किन यति सारो हेला फेरी म पानी त मान्छे नै हो नि एउटै रितिरिवाज अनि संस्कृति भएको............उफ कुकुरझैँ बाँच्नु परेको छ".रुन्चे हाँसो भित्र हाम्रो नयाँ दोस्ती कायम हुदै थियो त्यस बखत............रिक्सावाला भने निधारको पसिना गाम्चाले पुस्दै हामी सबैको मुख प्ल्यक पुलुक हेरी रहेथ्यो आफ्नो परिश्रमको फलको आसमा अनि रोहण दाइले हामी सब्बैको भाडा तिरीदिदै भन्नु भयो "म आफुलाई धेरै छट्टु ठान्दथे तर माहा छट्टुहरु भेटे आज मैले"मैले सबै को सामु भने दाई "त्यो त हाम्रो बाध्यता हो नि होइन र आखिर कसलाई पो रहर हुन्छ र आफ्नो जाति बेचेर झुटको खेति गर्न" रिक्सावालाले मेरो कुरा बुझ्यो या बुझेन त्यो मेरो चासोको बिसय बनेन तर मैले मेरा सहयात्रीहरुको अनुवार भने मलिन पाए .


रात निक्कै छिप्पि सकेकोहुदा छु हामी आ-आफ्नो घर जान हतारमा थियौ. मौका मिल्यो भने फेरी भेट्ने बाचाका साथ छुटेका हामी आज सम्म मेरो रोहण दाई संग भेट भएको छैन सायत कुनै बाध्यताको कारणले होला नै.


धन्यवाद




_________________________________________________________________________




.......कथा ..
 *हल्लै हल्ला भित्रको   हल्ला*---------लेखक दिपक थापा
क्ल्यांग कुलुंग आवाजले मेरो निन्द्रानै भंग गरि दियो आँखा मिच्दै प्ल्यक पुलुक हेरे शिबिरका घर सयत  बर्णन गर्नु पर्दैननै बाँसका भाटाका बेरा अनि झनै भाटाबाट बनाईएका झ्यालबाट घामको रोस्नी मलाईनै  जिस्क्याही रहेको  थियो अनि अड्कल काटे   सायद बिहानको ८ बजिसकेछ.
एकासी माइजुले चिया दिदै भन्नु भयो "ए भान्जा बाबु पनि उठी सक्नु भएछ त?"मेरो उठीसक्दा ओछ्यानमै चिया खाने बानी माइजुलाई राम्ररीनै याद रहेछ ३-४ वर्ष पछाडी भेट्दा पनि.
बाहिर सिटिंग कोठाबाट हाँसो उतिकै आइ रहेको थियो म चियाको चुस्की संगै सोच्थे  "क्या झुर ९ बजे सम्म पनि सुत्न पाईन फेरी म थाकेको पनि त थिए".
"भान्जा अलिकति उब्रियो थपीदिउ?" मैले कप अगी बडाउन नपाउदै माइजुले  मुसु मुसु हाँस्दै फेरी भन्नु भयो "भान्जा बाबु भान्जी बुहारी त सुन्दरी रहिछिन मलाई त मन पर्यो है कस्तो दामी च्वाइस" मैले कौतुहलताका साथ सोदे "मैले बुझिन नी माइजु?"  "हामीले थाहा नपाए जस्तो नगर्नु होस न दादा" बहिनीको नेपथ्यबाट आयो मलाई तर्साउने स्वर हुनुपर्छ उ अर्को कोठाबाट हाम्रो कुरा सुनी रहेकी थिइन  चासोका साथ.
सत्य कुरा पत्तो लगाउने हेतुले म बोले" मैले केहि पनि बुजिन नी माइजु? को भान्जी बुहारी ?" मेरो जवाफ नसकिदै माइजु किचनतिर  लग्नु भयो पक्कै पनि अफ्ठ्यारो महसुस  भयो होला.
मेरो मन आतुर थियो गाँठी कुरा जान्नका लागि अनि मैले बहिनीलाई फकाएर सोधे "बहिनी प्लिस भनन  के हो कुरा खास ल भरे तिमीलाई म मोमो किनी दिन्छु " उसको बेस्ट खानाको  नाम सुने पस्छात  बल्ल बोल्न तयार भैन " तपाई संगै गाडीबाट ओर्लीएर पल्लो घरमा बस्ने केटि चै को हो ?".
बैहिनीको कुरा सुनी सकेपछी म अलमल्ल परे को केटि ? कुन पल्लो घर ?हजारू प्रश्नहरु मेरो दिमागमा भुमरी झैँ घुमी रहेका थिए यत्र तत्र .
दिन निक्कै ढल्कीदै थियो समय आफ्नै रफ्तारमा घडीको काँटाहरुको  साथमा छक छकाई रहेथ्यो अनि म चै  हडबडाएको मन बोकी लागे बांगे  बजार तर्फ.
प्रचण्ड गर्मिलाई कुनै वास्तानै नगरी म अगी बडीरहदा कसैले मलाई बोलायो"ए भाई सुन्नु होस् त यहाँ कार्कीको घर कहाँ पर्छ?" मैले प्रतिउतरको लागि मुख खोले त्यो अपरिचित व्यक्तिको लागि"म पनि नयानै हु हजुर हिजो मात्रै आएको बोरु उ त्यो ......................मेरो हात धारा तर्फ इसारा गर्दै थियो म उसलाई भन्न खोजि रहेको थिए "उ त्यो धारमा भएका मान्छेहरुलाई सोद्नुहोस् न है" तर म बिचमै अक्मकिए  किन कि हाम्रो सामिप्यको धाराबाट मान्छेहरु नजानिदो पाराले हामी, म वा उसलाई हेरी रहेका थिए.
सायद मेरो हातको इसारा त्यो व्यक्तिले बुझेछ क्यार अनि उ लग्यो धारा तर्फ अनि म चै मनमा कुरा खेलाउदै लागे उरालो " आखिर उनीहरुले कसलाई चै हेरेका होलान्?" मलाई हो भने आखिर किन?
 हाट बजारका अनगन्ती मान्छेहरुको  भिड माझ पनि एक्लो महसुस गरि रहेथे म  प्राए मेरा नयन डुलाउथे यता उता कोहि चिर परिचित भेट्ने आसमा अनि नजर जुध्यो एउटा ८-९ बर्सकी नानी वा बहिनी संग.
सुरु सुरु मा त मैले वास्तै गरिन त्यी बहिनीलाई  जब उनीले मलाई एक्कोहोरो पाराभित्र ससंकित तरिकाले हिरिरहेको पाए तब भने  मलाई नै चियो गरेझै लग्यो  उनले  कसैको आग्रहमा वा आफै मनोमानी.
"दाई यो जुत्ताको कति?" मैले एउटा पसलेलाई सोधे बहानामा उ भन्दै थियो" भाई त्यो १५० को लिनु हुन्छ भने मिलाईदिन्छु म फेरो यो एकदम चल्तीको माल हो यो............. " म उसको कुरा सुनेझैँ गरि त्यी बहिनीलाई नै खोजि रहेथे भिड माझ तर मेरो प्रयास असफल भयो उनि हराइन एक्कासी त्यो भिड भित्रबाट अनि मैले उनलाई खोजि हेरे निक्कै बेर सम्म.त्यसबखत म मा एक परको त्रासले डेरा जमायो मुटु एक तमासले धड्की रहेको थियो ढुक....ढुक ..ढुक  भने मेरो दिमागमा प्रश्नहरु घुमी रहेका थिए एक पछी अर्को गर्दै. थकान मेट्न एकछिन बसे नजिकैको चौतारोमा भुरा भुरीलेझैँ आइसकिरिम खादै  एकासी पछाडीबाट कसैले कुममा धाप मर्यो पछि फर्किएर हेरे कता कता बिरानो अनि थोरै चिनजान भएको व्यक्ति थियो त्यो .हुनुपर्छ म टोलिएको देखेर बोल्यो उ " अरे दिपक चिनेनौ?" मैले टाउको हल्लाउदै सोच्ने जमर्को गरे को होला उ ? " अरे कस्तो म्यान  क्याहो त तिम्रो फुपुको घरमा चिनजान  भएको थियो नि हाम्रो पोहोर परार.............अझै चिनेनौ म मितदाजु" " ए सरी है दाई मैले झन्नै भुलेको" टाउको कन्याउदै भने मैले. मुसु मुसु हास्दै  बोल्नु भयो " एक्लै बुहारी चै खै ? दाइको  प्रस्नले म एक भन्नु न दुइ भन्नु भए. खोलाको बिषझैँ फैलिएको रहेछ त्यो हल्ला अब पो बल्ल याद भयो मललाई त्यहि बजार भित्र सानी बहिनी संगको लुकामारी अनि धारमा भएका मान्छेहरुको चासोको नजर. "किन र के भयो " दाई भन्नु हुदै थियो " को बुहारी दाई ? म बिहान देखिने यी  नचाइदा  कुराहरु सुनीराछु  दिमाग दुखि राछ आखिर भएको चै क दाई मैले त केहि पनि बुजीरा छुइन"  " मैले पनि आज सुनेको तिमीले एउटा केटि  भगाएर यहाँ ल्याएको छौ भन्ने "
दाइको कुराले म झन् गहिरिए आखिर कहाबाट फैलियो यो हल्ला ? .निक्कै बेरको हाम्रो गन्थन पछि दाइले झस्किदै भन्नु भयो " ओहो कस्तो भुसुक्कै बिर्सेछु गफको तालमा.... मलाई हतार छ म जान्छु है "
मैले "हुन्छ " भन्दै गर्दा दाईले " भोलि चै हाम्रामा खाना पिना गफ गाफ अनि बास बस्नु पर्छ है " भन्दै लाग्नु भयो छिटो छिटो सेक्टर ए३ को बाटो.
साँझ पख खान खाए पछी पान खानै पर्ने बनेले फेरी सतायो मलाई अनि कोल्टे हुदै लागे पसलको खोजीमा ढोकाबाट माइजु भन्दै हुनुहुन्थो " भान्जा बाबु चाडो घर आउनुहोस् है समय राम्रो छैन"
एक दुइ घर काटेर म अगी के बढेको थिए झाल्याक्क मैले बजारमा मेरो चियो गर्ने बहिनि देखे अनि म न जनिदो पाराले अगी बडीरहे पसल तर्फ उसको पैलाहरुको चाल सुन्दै.  त्यी  बहिनीले हातको इसारा गरिन  मलाई यता आउनुहोस  न पल्यक  पुलुक  हेरे म मात्र थिए त्यहाँ  अनि बोल्न खोजे " मलाई बोलको तिमीले ?"  मैले मुखमा पान हालीसकेको थिए बोल्न सकिन अनि मैले पनि हातकै इसाराले पर्ख भन्दै पाइला अगी बढाए उ तर्फ.
" मेरो आन्टोले तपाइलाई बोलाएर ले भन्नु भएको छ .........अस्ति बजारमा चै डरलाग्यो" उनि बोलिरहेकी थिइन मधुर अनि तोते  स्वरमा म उनको बोलि भित्र हराई रहेको थिए. " अनि  सरल र नौलो लाग्ने सब्दको खोजीमा बोले म " को  आन्टो नानी ?' " मेरो सानिमा आन्टी क्या तर म आन्टो भन्छु" उसको बोली सुन्दै सोचे कत्ति बाठी नानी ठुला बडाले  झैँ कुरा गर्न सिपालु. उनि र म लाग्यौ मेरा लागि अपरिचित आन्टोलाई भेट्न . बाटामा उनि मेरो अनुहार पिलिक  पिलिक हेर्थिन खै किन हो मैले नदेखेझैँ गर्दै सोचे "को आन्टो होला ? किन फेरी मलाई एक्कासी भेट्न खोजिन?" मेरा प्रस्नहरुको उतार सकिन नपाउदै उनि बोलिन " उ मेरो आन्टो" भन्दै हानिएको काँड झैँ उनि खै कता गैन  कता ? म  अकमक्क परे त्यी अपरिचित सरमले घोसेमुन्टो लगाएर बसेकी युवतीलाई  के भन्ने? के सोध्ने फेरी सम्बोदन के गर्ने बहिनी या अरु कुनै . मनलाई बाधेर मुख खोले " किन बोलाउनु भएको थियो आन्टो?" उनि मुसुक्क हाँस्दै बोलिन " कसरि म तपाइको आन्टो नि फेरी" म बोलिन निक्कै बेर अनि टार्दै भने " मेरी बहिनी खै?" " ए बुझे  म आन्टो भएको आर्थ तपाइलाई उसले दाई बनाईहाली ...............?
उनि लजाइन अनि मैले सोधे" खासमा किन चै बोलाउनु  भएको थियो कुन्नि?" यहाँ बस्नुहोसं" बाहिर आँगनमा भएको च्यार तर्फ संकेत गर्दै भनिन उनले अनि फेरी थपिन " तपाई रिसाउनु हुन्न भने एउटा कुरा गर्न मन लागेको थियो"   "चाडो भनन मलाई छिट्टै घर जान्नु छ के " मेरो सब्द सुनी सकेपछी निकै बेर चुप रहिन.आफुलाई अफ्ट्यारो मसुस हुदा म भने उनको मुख खोलाईको प्रतिक्षामा हुदा हुदै उनि बोलिन  " किन हतार गर्नु हुन्छ हामी दुइ गफ गर्दा कसैले पनि रोक्ने वाला छैनन् त" उनको यो घुमाउरो  कुरा सुनी सके पछी म बोले "  मतलब" उनि फेरी गम्बिरताका साथ बोलिन  "तपाइलाई के लाग्छ ? हाम्रो नाम जोडेर गित गाइ रहेछन यहाँ ....बाटो हिन्नु हुन्न सबले ट्वाल्ल परेर हेर्छन अनि थाल्छन काँन फुकाफुक गर्न"  मैले पनि थपे " आखिर यो हल्ला फैलियो त कहाँ बाट र कसले फैलायो हामीले खोज्नु  पर्छ"  मेरो कुरा सकिन नपाउदै उनि ले भनिन "ल  त्यसो भए भोली यसै  घरमा आउनु होस् है अनि कुराकानी गरौला हाउडीमा त यत्रो हल्ला छ झन् .................. " मैले उनको कुरा बुझीहाले अनि लागे आफ्नो बिस्तारको खोजीमा.
बिहान देखिनै आकास गड्याङ गुडुङ  गरि रहेथ्यो . सितको थोपा तप तप केराको पातबाट तप्केको आवाजम भित्रैबाट सुनी रहेको थिए. सोहि बखत  " इ छिचिमिरा पनि के  सारो....." माइजु किचनबाटै मुर्मुरी रहनु भएको थियो म मन मनै हाँस्दै सोच्थे " पानी पर्ने बेलामा निस्किने यी छिचिमिरा माइजुका सत्रु रहेछन" .एकै छिन्  पछी बाल्टीबाट खन्याएकोझैँ गरि बौलाएर पर्यो पानी अनि म चै  बहिनीलाई एउटा छाता मागी लागे  पल्लो घर पानि झरी सरि  नभनि कन. " अन्जन घर कसलाई के भनेर बोलाउने अर्को अफ्ठ्यारो घडी मलाई आइ पर्यो फेरी. त्यो घरको ढोका घर्याक्क उग्रियो अनि एक जना व्यक्ति बोले " हजुर भित्रै आउनु होस्न" मलाई लग्यो उनीले हिजै भनि सकेकी रहेछिन मेरो बारेमा. "हुन्छ" म छाता राख्दै बोल्न लाग्दै थिए त्यी सानी बहिनी चुमकझैँ झ्याम्म टाँसिएर बोलिन " आन्टो सनाबा आउनु भयो" बहिनीको कुरामा सातो उडेको मेरो अनुहार सायद त्यी नानीको बुबालाई थाहा भएछ क्यार अनि उहाले  झ्वाकिएर मेरो सामुबाट तान्नु भयो नानीलाई अनि पिट्दै भन्नु भयो " चुप लाग तलाई कसले सिकायो जे पायो तेही बोल्नु हुन्छ ?" अर्को कोठाबाट आन्टो आएर फकाउन थालिन त्यी नानीलाई अनि मैले त्यी व्यक्ति लाई भने " अग्कल यसमा यी सानी नानीको के गल्ति छ र सुनिल होला कतैबाट यी वाइयात कुराहरु" . संन्हाटा छायो एकछिन केवल मेरो कानको पानीको थोपाको आवाज बाहेक केहि परेन तर एकछिन पछी  घरिको च्या, खाजा ....खै  म छक्क परे किन हो किन मलाई त्यो घरपरिवारले आफ्नै मान्छे सरह मान, सम्मान र सत्कार गरि रहेका थिए. "भित्रै आउनुहोस्न" कोठा भित्र बाट उनले बोलाउदा मैले जिस्किदै भने " हुन्छ नि आन्टो " मेरो अब उनीलाई बोलाउने नामनै आन्टो भै सकेको थियो मानौ मेरो मुख बानी परिसकेको थियो अनि फेरी उनले मलाई तपाई भनेर सम्बोधन गर्दा कता कता आफ्ठयारो महसुस हुन्थ्यो.
नजिकको बाँसघारीबाट चरिहरुको चिरबिर संगै झाऊकिरिहरुको आवाजले मलाई एक प्रकारको खुसि प्रदान गरि रहेथ्यो. घामपनि सायद थकानमा डाडा काँडा संग लुकामारी खेल्दै आफ्नो सक्ति लुकाई रहेथे गोधुलीको प्रहर संगै. " दाजु म चै घर जान्छु है" बहिनीले सायद हामी दुइलाइ एकान्तमा छोड्ने बहानासंगै बोल्दा म के भन्नु के नभन्नु हुदै टाउको हल्लाए अनि उ बाटो लाग्दै गर्दा हाँस्यौ दुवै जना मुसुमुसु. पहिलो भेटघाट कता कता अफ्ठ्यारो अनि नर्बस संगै कुराकानी अनि एक अर्काका प्रस्नहरुको जवाफ खोज्दा खोज्दै कतिखेर समयले हामीलाई छोडी सकेछ पत्तै भएन. छेवैबाट कुकुर भुक्दापो उनि हतारिदै बोलिन " ला आज चै मलाई मारी दिदिले "
"केहि हुन्न  म छु नि" सान्तवनाको लागि म बोले उनको काँध थुम्थुम्याउदै . खुल्ला चौरमा ओछ्याई बसेको चपल लगाउदै बोलिन उ" अब मैले के जवाफ दिने होला दिदीलाई?" मैले फेरी भने " म पनि त जन्छुनी संगै तिमी चै चुप लग्नु म मिलाउछु चाजो बाँजो" " लौ आज हेर्छु तपाइको खुबी " उनि हाँस्दै अगी लागिन घर तर्फ अनि म चै मनमा कुरा खेलाउदै थिए" के भन्नु होला ?"
एक्कासी टेबलबाट  मोबाइल झर्को मान्दै बज्यो अनि उही तालमा टिपे  घरबाट आमा बोल्नु भयो" ओए बुबा बिरामी हुनु भयो घर छिटो आइज" मेरो धेरै आनाकानी र बहाना मेरो लागि अब बेकामे बने अनि त नचाहदा नचाहदै  बाटो लग्नु पर्ने बिवास्था आइपर्यो . हतारै हतारमा बहिनीलाई  " बुबा बिरामी हुनुभयो रे अनि दादा एका बिहानै घर जानु भयो " भन्ने खबर छोडी लागेमा बस स्टेन्ड तर्फा हानिएको तिरझैँ. घरको माहोल सुन्य थियो त्येस बखत जुनबेला म घर पुगेथे. मनमा जोड जोडले ढ्यांग्रो बज्न थाल्यो अनि आँगनबाट कराउदै घर भित्र पस्दापो सबै गलल हाँसे एक्कै साथ  खुल्दुली संगै रिसको पारो चडी सकेको थियो मेरो. हातको ब्याग फ्यात्त फ्याकेर म चुप लगेर बसे एकछिन अनि बुबा बोल्नु भयो " कत्ति फोन गर्दा पनि घर आउदैनास अनि के गर्नु त फेरी बिभिन्न प्रकारको हल्ला सुन्छौ" बुबाको कुरा सकिन नपाउदै आमाले थप्नु भयो " फूपुले फोन गर्नु भएको थियो भाइले त भुहरी ल्याउछ भनेर अनि एक्लै आइस त खोइ बुहारी ?" आमाको प्रस्नमा मा कुरो लुकाउन खोज्दै बोले " कल्ले भन्यो नचाइदो कुरा? वाईयात" हाम्रो कुराकानी भंग गर्दै फेरी मेरो मोबाइलको घन्टी बज्यो " आन्टो देखे पछी "हेल्लो" भन्दै म घरबाट बाहिर निक्लिदा अझै पनि सुन्दै थिए म घरभित्रको हाँसो.
१५-२० दिनको रमाइलो अनि आन्टो र मेरो हल्लाका कुराहरु संझिदै थिएम त्यो बिहान चियाको चुस्की संगै मिठो आमाको हातको. बाहिर अपरिचितको बोलि सुने " दिपक भाइको घर यहि हो " मेरो नाम सुन्ने बित्तिकै म बाहिर निक्ले अनि बोले " म नै हु दिपक किन र ?" "इ यो चिठी " झोलाबाट चिठी झिक्दै बोल्यो उ .आमा सोद्दै हुनु हुदै थियो किचनबाट "किन , को आएको रहेछ"? मैले चिठी पल्टाउदै उतार दिए " ए उ मेरो साथी रहेछ". अनि आफु आफै छक्क परे किनकि चिठीको बाहिर लेखिएको थियो " guess who ? हत्त न पत्त आफ्नो कोठामा गएर चिठी खोले ............................................. ......मैले उनलाई न भेटि कन घर आएको अनि धेरै मिस्स गरेको जस्ता सब्द जति जति पढ्थे म त्यतिनै भाबुक बन्थे पनि अनि झन् भाबुग बने जतिखेर अन्तिम लाइन......... उही तपाइको आभागी आन्टो लेखिएको देखे. बारम्बार मैले आफुलाई एउटै प्रस्न सोधी रहे "के त्यो हल्ला सत्य हो त? कि सत्यता भित्र हल्ला फैलियो ?"
चिठी पत्र अनि फोनहरुको साटा साट संगै उनि मेरो घरमा आइन संखालु साथीभाईहरु भेटमा आखा झिम्क्याउथे मलाई  भने धेरै मात्रामा  ब्यांगे सब्द तेर्स्याउथे म तिर. सायद उनलाई अफ्ठ्यारो महसुस भयो होला अनि  मेरो घरमा दिदि बहिनि नभएकाले उनकै साथीको घरमा सुत्न जाने उनको कुरालाई मैले नकार्न सकिन. साँझ पाख खानपान पछी उनको साथीको घरसम्म उनीलाई पुर्याएर फर्केको म एक्कै छिनमा मेरो साथी हरि कुदेर आयो र भन्यो " ओए तेरो गर्लफ्रेन त बले(मेरै साथी ) संग डेटिंग गरिराकी छ यार छिटो हिड " मैले उसलाई भने" छोडिदे यार त्येस्तो कुरा भो अब म जान्न र त पनि न जा" उसले के बुझ्यो खै फन्किदै अर्को तिर लाग्यो . मैले भने आफुले आफुलाई सोधे "के हाम्रो सम्बन्ध  थोत्रे खेलौनाझैँ ब्यस्त सडकमा फालिएकै हो त? हाम्रो साथ जोरिपरिलाई तमासा बन्दा बन्दै पनि किन फेरी मलाई हाँसोको पात्र बनाइन?मलाई आफ्नो सम्झेको भने पराइको अंगालोमा बाधिएर मलाई किन जोर लात्ती हानिन? आखिर  किन ?"
 बितेका कुराहरुलाई म दिनदिने भुल्दै जादै थिए. घरि घरि त म आफुलाई आफ्नै जिन्दगि सपनाझैँ भाहन हुन्त्यो . भबिस्याका कल्पनाहरु मेरो अधिनमा थिएनन् आब पहिलाझैँ. आफ्नो खुसि गुमाएकि हरायो या त फेरी खोसियो मैले कहिलै बुझिन. तिहार नजिकदै बहिनीको टिका थप्न जानु पर्ने ढिपीअनि मेरो परिवारको आग्रह नकार्न सकिन हुनत म त्यो ठाउँ फर्केर जान चाहन्न थे जहाँ पुग्दा मेरो सुकिसकेको घाउ फेरी बल्जाने छ अनि बिर्सनलाई मलाई निकै समय लाग्ने छ पनि.भाई टिकाको दिन म आफुलाई घिसार्दै गाडीबाट ओर्लिए केहि कदम हिडेपछी मैले त्येही अनुहार देखे जुन अब म सपनीमा पनि देख्न चाहन्न थिए. मूल फुटेर बगेको पनि झैँ म कोर्से पर्दै लागे अर्को बाटो. म दोधारमा परे के गर्ने के नगर्ने ? . मन बाधेर पसे म मवालाको घरभित्र जहाँ बातावरण सुनसान थियो एकदम घना जंगलझैँ. ढोग पछिको गफ गाफ भित्रै बहिनीले मलाई बोलाइन उनको कोठा भित्र पस्न नपाईकन छेवैवा आएर उनि बोलिन" दाजु भाउजुलाई किन छोड्नु भएको ?" मैले बहिनीको प्रस्नको जवाफ केहि पनि भेटिन.....सोचे ...सोचिरहे. बहिनीले फेरी थपिन " भाउजुत यहाँ रुदै हिन्नु हुन्छ रे अनि तपाईको नाम संग  धोकेबाज जस्ता सब्द हरु जोड्दै हिन्नु हुन्छ रे" मैले बहिनीको त्यी सरल वाक्यहरु केहिपनि बुझिरहेको थिएन. मन भित्र आधिबेरी चल्दै गर्दा बहिनीले फेरी भनिन " म त यस्तो हल्ला सुन्दैछु तपाइले उसलाई खेलौनाझैँ खेलाएर फ्याक्नु भयो रे........तपाई पापी रे ................." बहिनिको बाँकी सब्दहरु कस्ता थिए मलाई आजपनि थाहा छैन थाहा छ त मेरो सोच त्येस बेलाको " हल्लै हल्लाको पछि किन कुध्छन्न् मान्छेहरु"


_______________________________________________________________________________


लघु कथा - दसैँ गरिबको  लेखक - दिपक थापा अमेरिका 
नयाँ लुगा लगाउन पाइने खुसीमा उफ्रिदै थिए केटाकेटीहरु कसैलाई भ्याई नभ्याई थियो फुर्ति लाउनुमा " मेरो त जिनको प्यान्ट ल्याई दिनु हुन्छ रे ड्याडीले"" मेरो त घरमा ठुलो खसी ल्याउने रे "" हाम्रो घरमा पिंग हलनी रे " साथीहरुको पालै पिलो संग आउने आवाजलाई कुनै वास्ता नगरी बस्यो डल्ले त्यो बखत. छेवै बाट पिंगको झड्का संगै "दसैँ आयो हो हो दसैँ आयो " भन्ने बोलको गीतलाई ठुलो जमाथ सुरमा सुर मिलाई रहेथे. बिल्कुलै रमाइलो दिन आकाशमा चरा चुरुंगी खुसि साथ् उडी रहेथे मानौ दसैँ उनीहरुको मात्र पेवा हो अनि त भुइँबाट उडाइएका काइट संग संगै प्रतिस्प्रदा गरि रहेथे सकी नसकी उडेर. रातो माटोमा सजिएका घर अनि सुनौलो वातावारन संगै हर्स उल्लास सबैका अनुहारमा प्रस्टै संग झल्किएको देखिन्थ्यो उदास छ त केवल डल्लेको बा खै किन हो उसलाई आज दिन पनि रातझैँ, हाँसु हाँसु र रमाईरहू जस्तो लाग्ने संसार एकाएक शम्सान घाटझैँ निस्पट र सुनसान  भएको छ  अनि त पुर्पुरोमा हात राखी आफै भित्र हराको छ आज उ.
जीवनमा फेरी एक पटक ठुलो चोटको भारीले थिचेको छ र प्राए जसो बर्सेनि थिचीरहने गरेकोछ उसलाई. लामो खुइ तान्दै टोपी फुकाली निधार र गालाबाट  गन्तब्यबिहिन  भएर बगेका पसिना पुस्छ उसले.
हिजो सम्मका त्यी घरका रमाइला एक - एक खुसिहरु औसीको रातमा देखिने कालो बादलको साथमा हानिएर अकल्पनीय ठाउमा होमिदै छन् उसका लागि.
फेरी निक्कै बेर टोलाऊदै सोच्छ" रात कहिले नाबितोस अनि भोलि कहिले नआवोस डल्लेका बाका लागि.   

         एकछिन टोलाए पछी आकाशमा देखिदै गरेको घाम हेर्छ ".................३  बज्न आँटेछ" काँधमा एउटा गरिबी झल्काउने पुरानो गाम्चा वा तव्ली राख्छ र लाग्छ उ  उकालो देसिको बाटो .
पहिला जति गम्बिर देखिन्थ्यो त्यस भन्दा पनि सयौ गुना बडी गम्बिर भएको थियो उ त्यसैले त चर्को घाम अनि प्रचण्ड गर्मि नभनी उकालो बाटोलाई चिरेर कर्नेल राहुतको घरको आँगनमा उभिएको थियो उ.
गरिबीको च्यादर ओडेर पनि उसले आफ्नो उदाङ्गो बृक्ष्यस्थल कहिले पनि लुकाएर लुकाउन सकेको थिएन न त करोडौ कोसिसमा बदल्ननै त्यसैले त एउटा भोको भिखारी सरह उ त्यहाँ उपस्थित भएको थियो केहि पाउने आसमा तर त्यो आभागिको पिरमार्का कसैले पनि बुझेनन् न त बुझेझैँ गर्ननै आए उसको सामिप्य.

   कर्नेल राहुतको पुजीबादी हाँक र डल्लेको बाको गरिबी एउटा खोलाको दुइ किनाराका रुपमा देखा परे त्यी न त चाएर मिलन सक्छन नत मिल्नेनै छन् कालान्तर सम्म. डल्लेका बाको प्यारो खुल्ला आकास अनि पुरै धर्ति बाहेक उसको हुदै नभएको जमिन र गरगहनाको फाइदा अनि कमि कमजोरी उठाएर कर्नेल ठुलो धनको घमण्डको सागरमा पौरी खेलिरहे नि.....कै....बे....र...

   आफ्नो भाग्यलाई एउटा बेवारिसे बाटाको कालो बिनाकामे ढुंगा संग तुलना गर्यो , त्यै  ढुंगालाई कर्नेलको रिस पोख्न एक लात बल गरेर बजार्यो र गंगनिदै ओरालो झर्यो उ. बाटामा देखिने उसैका खाली खुट्टाका  पाइलाहरुले पनि गरिबीकै या भनौ त उसकै खिसी गरेको पायो उसले. बाटामा बजार भरेर आउने मानिसहरुको लामबाट सक्दो बच्ने प्रयास गर्दै उ आफ्नै धुनमा लुक्स्दै र छेलिदै घर नजिकै पुगेथ्यो मात्र उसले आँगनबाटै घरभित्र एक मात्र छोरा डल्लेको आवाज सुन्यो " आमा - आमा मलाई नया लुगा   र एउटा कालो अनि ठुलो खसी चाइयो ......काले .......हरि  .......अनि श्यामहरुको जस्तै"..पछी भित्रै बाट उसकी स्वास्नी खै के भनेर डल्लेलाइ  सम्झाई रहेकी थि त्यता पटी उसले कुनै ध्यानै दिएन किनकि आफ्नो एकमात्र छोराको मार्मिक सब्दहरु सुनिसकेपछी एकासी संसार भासिदै गयो उसकालागि अनि सम्झ्यो आफु स्यानो छदा दसैँ मेलामा एउटा पटका र झिर झिरे किनिमाग्दा आमाले भनेका कुराहरु" बाबु पोइसा छैन त आफै थाहा पाईहल्छसनी ठुलो भए पछी जिद्दी नगर न". 

    उसका जिउने आधारका धर्का मेटिदै गएझै लाछ उसलाई कारण उ फेरी  आब कसैलाई केहि पाउने आसमा प्रकृतिले दिएको परिचय "गरिबी " आफ्नो नाङ्गो छाती चिरेर देखाउनु पर्ने छ आफ्नो  र घरपरिवारको खुसि लागि पनि. उसले चाएर पनि एउटा छोराको इच्छा पुरा गर्न सकीरहेको थिएन त्यसैले त उ झन् गहिरो खाडल भित्र पसेको जीवझैँ आतिदै खोज्न थाल्छ" अब आज एकै दिनमा के गर्ने ? कहाँबाट आशाको बत्ति बाल्ने हो ? उफ ! उसै त म गरिब .

____________________________________________________________________


कथा ..."बदलिदो आकाश"

आँखाको डिलभै गालाबाट गन्तब्यबिहिन भएर तप्किनै लागेका आँशुहरु पुछ्दै थिन उनि के भन्ने के नभन्ने नतमस्तक एउटा अजिब मुर्ति सरह ठिंग उभिरहे म । चाएर पनि उनको आँशु पुछीदिन सकिन मैले न त सान्तवानामा कुम थुम्थुम्याइदिन नै ।  धेरै बर्ष पछिको हाम्रो त्यो भेट त्यो पनि अनौठो परकारको उनि म देखि निक्कै टाडा एउटा अपरिचित व्यक्तिझैँ उभिने कोशी गरिरहिन मन बाँधेरै भए पनि जति बेला धेरै अफ्ठ्यारो अनि अलिकति असजिलोहरुका बादल मडारीरहेको भान भयो मेरो मन मस्तिस्कमाझ कता ....कता। सोचे " टाडा हुदा चै माया गाडा हुदो रहेछ पकै पनि "। 
अनि नया जीवन कस्तो चल्दै छ ?" कृतिम मुस्कान छर्ने बहाना संगै बोलिन उनि।  "ठिक्कै छ ....चलि रा' छ" मेरो लघु उतर सायद उसलाई अपच हुदो हो र त उनले फेरी थपिन "साँचै भन्नुहोस त किन च्वाटै माया मर्नु भो ?....फेरी कसरि सक्नु भयो आफ्नो मायालाई पैतालामुनि टेकेर आफु मात्र खुसि बन्न; के मेरो सम्झना आएन एक चोटि पनि ?" सठिक उतर खोज्दा खोज्दै मौनता भित्र मेरो आँखाबाट झरेका आँशुहरुले पोल खोल्दै थिए एक एक । 

सयाद उनले पनि भुल्न सकेकि थिन्नन होला हाम्रा अथितहरुलाई मैले जस्तै फेरी मैले त उनलाई धेरै रुवाई सकेको  छु अझै पनि चाहान्नथे म  मेर्रै आँशुहरुले उन्का रहलपहल खुसिहरुको बाँध तोडिदिउन  तरै पनि  गाँठो परेको मनलाई अझ दरिलो कस्न सकिन उ बखत चुई रहयो मायामा समर्पित थोपाहरु एक पछि अर्को अविरल बिहानीको सित झैँ  तप्प तप्प । केहि कदम म तर्फ आगडि बढ्यो उनको  नाचेरै पछि सरे म अनि खेल चल्यो निक्कै बेर सरासरको  मौनता अनि एक अर्काको आँखा जुदाई भित्र थिरै नमीठा मुस्कानहरु पनि । "के तपाइको अंगालोमा मलाई एक चोटी रम्न दिनु हुन्छ? सायद अन्तिम पटक प्लिस "सुन्यतालाई थपड़ हान्दै उनि बोल्दा सहमतिमा टाउको हल्लाए मात्र  मैले ' भोको बाघ  आफ्नो सिकारमाथि झम्टेझैँ गर्ल्याम्म मेरो आलिंगनभित्र उनि कसिदा मैले फेरी एक चोटि उनको ढुक्दुकिमा धड्किने आफ्नै नाम सुन्न पाएरै होला  मेरो हात पनि कति खेर आगाडी बडे पत्तै भएन हठात उनलाई आफ्नो आलिंगनबात हुत्याउदै  सोचे   "थत ....म त विवाहित मान्छे"
हामि दुवैको मुटु एकै रफ्तारमा धड्केको हुदो हो ..अनुहार राता पिरा थिए हाम्रा लाग्दथ्यो पक्कै पनि लाज अनि अफ्ठयाराले डेरा जमाएको हुनु पर्छ त्यो बखत। 

आँशुले लाछ्यापरै भिजेको त्यो उनको बिवाहाको निमन्त्रणा पत्र फेरी मेरै हातमा थमाउदै बोलिन उनि मलिन स्वरमा "फुलझैँ फक्रेर रमाउन नपाई कोपिलामै ओइलि झरेको हाम्रो प्रेमलाई तिलान्जनी दिन कसलाई पो रहर छ र ? तरै पनि यो सरिर अर्काको हुदा हुदै  तपाईलाई नै हेरी रहन पाउ म माफ गनुहोला समयले साथ दिएन नत्र त तपाईकै जीवनको फूलबारीमा फ़ुलिरहन मन थियो मलाई तर अफसोच नमान्नु  होला है यो मन त तपाईकै समर्पणमा चडाएकै छु नि......मनलाई बाधेरै भए पनि  तपाई आइ दिनुहोस है सात फेरो लगाउदा सम्मको लागि भए पनि " ।  बुढो रुखबाट टुक्रिएर खस्ने हाँगाझैँ ढंग डल्न पनि सकिन सरिर  थाकेर मन संगै मुख सुकेर आउदा केवल सोची रहे  मनलाई जबर्जस्ति थाम्ने कोसिसमा "आफ्नो मायामा पराइले सिन्दुरको होलि खेलेको टुलुटुलु हेर्न कुन आँट लिएर जानु म त्यहाँ फेरी उनको बिन्तिलाई नकारेर अझ पापको गुच्छा कति पहिरिरहनु । लामो खुइ तान्दै गलेको र झलेको मनलाइ अलिक पर सारेर मुख खोले "मुनामदान,लैलामज्नु अनि रोमियो जुलेटझैँ हाम्रो मायालाई तड्पाई तड्पाई किनारा लगाउन चाहान म.....बियोग्नै सहि आखिर तिमीलाई हेरेरै भएपनि जीवन जिउने आँट गर्छु म अनि गर्नु पनि पर्छ हामीले ......आउछु म पक्कै विश्वास गर मेरो यस चोटी चै "रुन्चे हाँसो उनको अनुहारमा प्रस्टै झल्किन्त्यो आफ्नो मन भने कुडिएर आइ रहेथ्यो धर्म संकटको घडि झेल्नु पर्दा । 

"पहिलाको भन्दा अलिक मोटो हुनु भएछ अलिक गोरो पनि "संदर्ब फेर्दै उनि बोल्दा खुसि लग्यो अनि उही तालमा जवाफ दिए "हैन अलिअलि मात्र फेरी मलाई गोरो देख्ने तिम्रा चै आँखा उस्ता होलान ...जे भएनी गोरो भनिदिएकोमा धन्यबाद खै मलाई त लाग्दैन म त्यस्तो गोरो"  ऐना हेर्नु हुनन् होला अनि " उनको छड्के बोलि मेरो मुटूमै लेग्दा मात्र सोचे धन्य भगवान अब आँशुका खोला सुक्ने भए केहि पलका लागि । 

मडारिएर क्षितिजभरि बादलहरु आफ्नो स्वरुप कालो आकृतिमा परिणत गरि रहेथे ।  कुकुरको एकोहोरो रुवाई छिचोली आफ्नो ज्यान जोगाऊदै खुल्ला रुपमा उड्न खोजिरहेथे छिचिमिराहरु तर्की तर्की त्यो बर्षात अघि रमाउदै उड्ने गौथली  देखि।  नेपथ्यबाट घरि घरि आउने उल्लुको डरलाग्दो आवाज मेरो कान संग संगै एकोहोरो रुपमा होडबाजी मिलाउदै कराउदा मात्र छक्क परे "हैन आज के  भै रा'छ  लोदर?" सोधे आफुलाईनै बजिरहेको कान थुन्दै।  घामले आफ्नो किरण पृथिबिमा छर्न नपाउदै एक छत्र राज गरिरहेको त्यो कालो बादल गर्जिन थाल्यो एक्कासी चट्याङ्गको भेष बदलिएर बिजुली चम्कौदै यत्र-तत्र।  समय आफ्नै रफ्तारमा अघि बडी रहयो त्यो पलको कुनै प्रबाह नगरी निरन्तर आफ्नै धुनमा। "के भयो खिच्चालाई  फेरी " आखामिच्दै पहिलो पाइला अघि बढाए धोका तर्फ कुकुर जोड डोज ले भुकिनै रहदा कुकुरको भुकाईभित्र भिविन्न संखा र उपसंखाले घेरिएको मेरो मन पाइला चल्न मानेनन् जिउनै भरि भएर आउदा खै किन हो मलाई लाग्दथ्यो एक सिपाई युद्ध मैदान फर्कदै छ घरबाट आज उ ।  

ढोकाको ठेलैबाट कसैलाई झरीमा भिजेको मुसझै आफ्नै आँगनमा ठिंग उभिएको देख्ता सत्तो अनि होस्ह्वास्नै उड्यो साहाराको खातिर गुहारमा  चिच्याउन पनि सकिन घन्टौ देखि प्रतिक्ष्यारत् उनको नयन देखे पछि।  हातको इसाराले "के भो" भने डराउदै।  मेरो इशाराको कुनै वास्ता नगरी उभिरहिन चुप चाप सुक्सुकाउदै उनि।  उनको त्यो लाली पाउडर गाजल अनि महंगा मेकअपहरु आँखाबाट झरेका आँशु अनि केसबाट प्रतेक पल तप्किनी पानीका थोपाहरु संग मितेरी गाँस्तै  उनको दुखमा रमाई रहेथे दुलहीको साडी रंग्याउदै । मुटु बेजोडले धड्कि हात खुट्टा अनयासै गलेर आउदा कल्पनाका भुमरीमा  एक छिन निसासी रहे सोच्दै  "हैन आज यो के भै रा'छ सपनीझैँ" धेरै बेर पस्छाद हिलो मैलो र गाजले लत्पतिएको साडीको एक कुनले आफ्नो आँशु पुछ्दै उनि बोलिन " अब के गर्नु डर लागि रहेछ " मैले उनको मनसाय भुजिन धेरै दिमक दौडाउदा पनि। 
कर्तुत जान्ने इछ्यामा च्याप पाखुरामा समाई लागे उनलाई घरको एक पट्टिको कुनामा अनि सोधे फेरी " के भनेको तिमीले ....."मेरो मुख बन्द हुन नपाउदै उनि झ्वाकिदै बोलिन " खै तपाईका बाचाहरु...तपाई त् धोकेबाज हो दोकेबाज...."उनि रुदै गर्दा पो मेरो घैटामा घाम लग्यो "ओहो आज बिवाह थ्यो उनको  म जनै पर्थ्यो आफ्नो बाचा पुरा गर्न ....चाएर होस् या करकाप भित्र आफु जल्दा अरुलाई सितल प्राप्ति हुन्छ  भने हासी हांसी आफ़ो प्राणको आउति दिनै पर्थ्यो मैले" । 

पानीको थोपा टिनको छानामा एकोहोरो रुपले  बज्रिदा उनको पीडादायक स्वर हराएर जन्त्यो घरि घरि । धेरै बेरको हाम्रो खास खास खुस खुस माथि धावा बोल्दै "घरमा को हुनुहुन्छ ? को हि छ ? " घर अगाडीबाट आएको त्यो अन्जन स्वर हामीलाई झस्काई दिन्छ. कौटहलतामा चियाए पिलिक्क मानेको पत्ताको छाता बनाएर बले आफ्नी टाउको ओतौने जमर्कोमा बोलि रहेथ्यो." स्स्स्स्स्स  चुप  " हातको इसाराले उनीलाई चुप रहने आग्रहमा उनिलाई भने" अब चै के गर्ने " 
"को हो "बुबा निक्लिनु भयो  घर भित्रैबाट कराउदै । 
"म काका " बले घर वारी परि नजर डुलाउदै बोल्यो। 
"किन हतारिएर कराएको  घोक्रो नै सुक्ने गरि यो पनि झरीमा?" 
"आजकि दुलई हराइन् अनि ......"बलेको बोलि सकिन नपाउदै बुबाले सोहि तालमा प्तरिउतर गर्नु भयो 
"अनि के त् ?'मलाई जुन कुराको डर थियो सोहि कुरा आफ्नी कानले सुनी रहे बलेको मुखबाट बले बकी रहो थियो " दिपक बाबुलाई थाहा छकि दुलही कहाँ छिन भनेर आखिर उनीहरुको प्रेम लिला हामी सब्बै लाई एककान दोकान मैदान भएकै थियो त अन्यथा न सोच्नु होला के दिपक बाबु घरमा हुनु हुन्छ ?" । 

निकै बेरको बर्तालाब पछि बले लाग्यो ओरालो कल्ना मुनिको बाटो बुबाले टाउको समाती "लौ पर्यो फसाद " भन्दै पिडिमा ताच्याक्क बस्दा मलाई  खुरुरु कुदेर सबै बेली विस्तार लगाउने आठ कसरि आओस फेरी हामी संगै तेही पनि उनि बेहुलीको भेषमा मेरै समू उभिएको देख्ता के सोच्ने हुन् घरपरिवारले ढ्यांग्रो बजीरहयो  मनमा जोड तोडले । फेरी बुबा जुरुक्क उठी घर भित्र फत्फाताउदै पस्नु हुदा मात्रै मौकामा त्यहाबाट उनलाई घर फर्किन बिन्ति गरे उनि समू आफु छुत हुने बहानामा घर परिवार अनि त्यो हल्लाको  पछि लाग्ने समाजबाट । बुबा घर भित्र खै हो संग ठुल ठुलो आवाजमा " यस गोरुले  हामीलाई संचले बसी खान दिएन  कहाँ गएछ त त्यो फेरी ..यस्तो दिन झेल्नु भन्दा मलाई किन काल ले लगेन भन्दै   " कराई रहनु भएको थियो गाउँनै उचाल्ने गरि । त्यो माहोल देखि निक्कै टाडा थियो मेरो मन केवल  सोचमा हराइ  रहे म उनले रुदै जाने बेलामा मेरो हात समातेर भनेका सब्दहरु जुन सब्दहरु गुन्जी रहयो बिमागमा बारम्बार  ।  " प्लिस तपाई बिना म बाँच्न सक्दिन  एक एक पल पनि मलाई सताब्दी लाग्छ तपाइको लागि त मैले सारा आफन्तहरु को सपनालाई आउति दि सके  के तपाईलाई लाग्दैन मेरो माया ?...पराइलाई साथ दिएर तपाइलाई सम्झिदै बाच्नु सक्दिन म मलाई आफ्नो बनाउनु होस् न है... बचाउनु होस् हाम्रो प्रेमलाई फेरी प्लिस" । 


बिहान देखिने टाउको भारी भएर आउदा दिननै नरमाइलो लागि रहयो सुनसान उसै पनि कल्पनाका तरंगहरु मडारहे सधाझैँ दिमागमा ओल्लो छेउ र पल्लो छेउ झटारिदै।  महिनौबाद उनि फेरी मेरो मानसपटलको ढोका ढक्ढक्याउन आइपुगिन ।  " धेरै भएछ फोन अनि मेसेज नगरेको उनीलाई " लामो समयसम्म स्विच अफ रहेको मुबाइल चार्जमा लगाउदै सोचे।  मोबाइल अन गरेर जिवन्त दिए एक पटक फेरी त्यो अन्जन मोबाइललाई जसको सजाय उसले काटीनै रहेथ्यो कुनाको एक ड्रएरमा थन्किएर । स्क्रिनभर छरपस्ट सयौ कालका प्रयासहरु र मेसेजहरु च्याउ उम्रे सरह बरर खनिए म तर्फ उकुस मुकुस हुदा निससिएको मेरो मान कुन मेसेज पड्ने कुन नपड्ने दोधारको पिङ्ग खेली रहयो एक दुइ मिनेट मच्ची  मच्ची । खै किन हो  अन्तिम मेसेजमा गएर अड्केको थियो मेरो हातको औला  खोले त्यो मेसेज कमाऊदै हात खुट्टा अनि पुरै सरिर । " तपाइलाई मैले धेरै मिस गरे अनि आँसुहरु पनि सब्बै सुकाए रुदा रुदै तपाईकै यादहरुमा आखिर मेरो मात्र जोड रहेछ । एक हातले मात्र ताली बजाउनु मेरो भुल भुल्नै बनिरहयो अब त् बानि भै सके मलम बिनानै वियोगको चोट खप्नलाई ....अब म कहिले पनि तपाइलाई डिस्ट्रब गर्दिन सदा खुसि रहनु"  दोर्याए तेर्याइ  पढे उनको पिडाले भरिएको बेदनाहरु आँखाबाट मुबाइलको स्क्रिनमा चुइएका आँसुका थोपा अनि त्यसका छिटाहरु पुछ्दै एकान्तमा। 

हतारिदै डि-एक्टिभ भएको आफ्नो फेसबुक एकाउन्ट एक्टिभ गर्दै नियाली हेरे मेरो टाइमलिनमा खाली थियो मेरो मेसेज बक्स अनि उनि बिना अधुरो बनेको मेरो फ्रेन्ड लिस्ट बेदनामा रोइ रहेथ्यो लुकिछिपी । संखा र उप्संखा बीच आँखाबाट छल्किनै लागेका आँसुहरु थाम्ने कोसिसमा खोजिरहे उनको नाम मेरो अनि उनका साथीहरुको सर्च बक्स भरि छिटो छिटो काम्दै गरेका हातका औलाहरु दौडाएर किबोर्डभरि लतर पतरतर अशफल प्रयासमाथि मन खल्लो भएर आउदा मुटु झड्कियो ४४० भोल्टको करेण्ट लागेझैँ अनि बल्झिएर घरि घरि दुखिनै रहयो मानको घाउहरु।  

च्यापुमा दुवै हात राख्दै सोचिरहे "आखिर उनि किन हामी सबै बझबाट तर्की रहेछिन ?अनि फेरी सबैलाई अन्फ़्रेण्ड गर्दै किन ओझेलमा पर्न खोज्दै छिन ? कतै उसले आफ्नो चोला फेसबुकको एकाउन्ट संगै डिलेट त् गरिनन् सधैको लागि ?उनको हाल कसलाई सोध्ने ?अरुको जवाफमा साइनो के हो त  उनि संग मेरो ? अनि कुनै दिन उनलाई पराईको  अंगालोमा जिवितै रमेको देख्ता देखेको नदेखै गरि बहानामा कसरि मुन्टो घुमाई आँखा तर्काउन सकुला र म ?बदलिदो यो आकाशभरि एउटा ताराको प्रतिक्षामा ठाडो घाँटी लगाई एकोहोरो पागलझैँ कतिन्जेल टोलाईरहन सकुला र म ? उफ फेरी यो स्वार्थी समाजले म माथि पागल प्रेमीको ताज पैरिदिएर  मलाई चोक ,टोल अनि चौतारीहरुमा  खिल्लिमा उडाउदा मेरा प्रतेक बेदनाहरुलाई कसरि सहि चुप लाग्न सकुला र म ?कसरि? । 

 बेहाल भित्र पछ्तापको आगोले मन घरि घरि पोल्थ्यो। 
 सास अड्केजस्तोहुदा बाँडुलीको हिक्का उही बेला छुट्थ्यो अनि ठुलो भारीले शिर थिचेको जसो कता कता मन पनि गरुङ्गो भैनै रहयो उ बेला।  संगै बिताएका पलहरुको सम्झनाले सकी नसकी लात मारीराथे मन मस्तिस्कलाई जोड जोडले।  आँसुको समुन्त्र ओल्लो छेउ देखि पल्लो छेउ पुग्न नाउँनै खियाउने स्थिति म एक्लै त्यहि पल आफ्नो प्राणको आहुति दिन झ्याम्म हाम फाल्न पनि सकिन।  वोरी-परिबाट पात पतिङ्गर सोरिने गरि आएको भुमरी भित्र रोमालिदा बेहोसी कानभित्र गुञ्जिरहयो उनको एउतै आवाज "यो जुनीमा तपाईको हुन् नसके पनि अर्को जुनीमा म तपाईकै भएर जन्मने छु"। 


No comments:

Post a Comment

Copyright © 2011-2015 दिपक थापा लेखकमा आधारित .

मेरो शब्द रहेको गित

Facebook Badge

  ©मेरो सिर्जना - Todos os direitos reservados.

Template by Dicas Blogger | Topo