मेरो कथा रेडियो गोधुलीबाट
"हालै हल्ला भित्रको हल्ला"

गजल

दुखेको यो दिल मैले पीएर पिडा भुले
निस्ठुरी झैँ हाँसी हाँसी जिएर पिडा भुले

टाडा हुदा आफ्नै मुटु टुक्रिएर दुख्दै थियो
वियोगका त्यी खोटहरु सिएर पिडा भुले

भुझ्याउनलाई आँसु सुक्यो दिलमा आगो लाग्दा खेरि
रमाई भिडमाझ एकान्तमा खिएर पिडा भुले

माया के पलाउथ्यो र भाग बंडा गरे पछि
रमाइला पल अतिथका लिएर पिडा भुले

अटुट नाता प्रेमको हाम्रो मुनाहरु सुकी झर्दा
कलम काटी पराइ हातमा दिएर पिडा भुले

No comments:

Post a Comment

Copyright © 2011-2015 दिपक थापा लेखकमा आधारित .

मेरो शब्द रहेको गित

Facebook Badge

  ©मेरो सिर्जना - Todos os direitos reservados.

Template by Dicas Blogger | Topo