मेरो कथा रेडियो गोधुलीबाट
"हालै हल्ला भित्रको हल्ला"

कविता "मेरो मुटु"

कविता "मेरो मुटु"

हिजोका रमाइला पलहरु
म देखि निक्कै पर
भाग दौडमा बिलिन भए
ओठका लहरहरु
फेरी
मुस्कुराउन खोजि रहेथे
सकी न सकी

दिलमा टाँसेको तस्बिर
बिस्तारै फाट्दै थियो
छाँया  पनि वियोगमा
दर्शक मात्र बनि रहयो
अजिब सुख दुखको साथी
बिचार बिवस
बोल्नै नसक्ने
फेरी मैले पछाडी फर्केर हेरे
जसको मलाई माया लाग्थ्यो
जो मेरो हो भन्ने भान हुन्थ्यो
जसको नाम म संग जोडिन्थ्यो
हरपल, हरप्रहर
आज उ नै म संग छैन
उसको साथको अभाब खड्क्यो
कता कता के नपुगे जस्तो
कता कता के हराए जस्तो
खल्लो अनि तितो आभास..

बिगतका ठेली पल्टाउन खोज्छु
अरुझैँ यो भिडमा
हाँस्न खोज्छु
मिठा यादहरुको असिनाले
चुटेर खोटहरु
बल्झाई दिन्छ
घाइते र टुक्रिएको यो
अधुरो धड्कनको मालिक
चाएर पनि साट्न नमिल्ने
बिलौनाका आँशुहरुले
मन चियाएर आयो
फेरी पनि छामी हेरे
आज पनि
खाली रहेछ
कसैको माया बोक्ने
"मेरो मुटु" 

No comments:

Post a Comment

Copyright © 2011-2015 दिपक थापा लेखकमा आधारित .

मेरो शब्द रहेको गित

Facebook Badge

  ©मेरो सिर्जना - Todos os direitos reservados.

Template by Dicas Blogger | Topo